Saturday, July 27, 2024

दोधारा चाँदनी नगरपालिकाको आयोजनामा तेस्रो ‘कञ्चनपुर सम्मेलन’ हुँने

प्रकाशित:

-पप्पु गुरुङ ।
दोधारा । दोधारा चाँदनी नगरपालिकाको आयोजनामा आउदो २९ गते सुरक्षित र दिगो विकासका लागी उत्थान्शील पालिका मंचको तेस्रो कञ्चनपुर सम्मेलन–२०८० हुदै छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुरक्षित र दिगो विकास संगै विभिन्न प्रकारका विपद्हरुको जोखिम न्यूनीकरण गर्दै उत्थान्शील पालिका निर्माणमा कंचनपुर जिल्लाका सबै स्थानीय तहहरु बीच सहकार्य, समन्वय र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भए गरेका नवीनतम अभ्यास र प्रविधिहरु बारे अनुभव तथा जानकारी आदान प्रदान गर्ने उद्देश्यले कंचनपुर जिल्लाका सबै पालिकाका प्रमुख/अध्यक्ष, उप प्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र विपद् सम्पर्क व्यक्तिहरुको सहभागितामा दोधारा चाँदनी नगरपालिकामा कंचनपुर सम्मेलन–२०८० आयोजना गरिंदै छ ।

पहिलो कञ्चनपुर सम्मेलन भीमदत्त नगरपालिकाको आयोजनामा २०७८ सालमा सम्पन्न भएको थियो भने दोश्रो सम्मेलन पुनर्वास नगरपालिकाले २०७९ सालमा आयोजना गरेको थियो ।

दोश्रो सम्मेलनमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले तेस्रो सम्मेलन आयोजना गर्ने प्रतिवद्दता जनाए अनुसार तेस्रो कञ्चनपुर सम्मेलन दोधारा चाँदनी नगरपालिकामा आयोजना हुदै छ ।

सम्मेलनमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसीएले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्दै आईरहेको छ ।

दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनको पहिलो सत्रमा कञ्चनपुरका सबै पालिकाहरुमा ठुलो समस्याको रुपमा रहेको जंगली हात्तीले पु¥याईरहेको मानवीय, भौतिक र आर्थिक क्षतिको न्यूनीकरणका उपायहरुको बारेमा छलफल हुने छ ।

छलफलको सहजीकरण मानव – हात्ती द्वन्द व्यवस्थापन विज्ञ जेडएसएल नेपालका डा. दिनेश न्यौपाने ले गर्ने छन् । यस्तै गरि दोश्रो सत्रमा जलवायु जन्य विपदको जोखिम न्यूनीकरणका लागी सबैको लागी पूर्वसुचना विषयमा छलफल हुने छ् र यस सत्रको सहजीकरण आईएचएचआरका डा. संजय देवकोटा, डीसीएका दिनेश गुरुङ लगाएतले गर्ने छन् ।

विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संघिय, प्रदेश र स्थानीय सरकार बीच समन्यव र सहकार्य तथा विपद जोखिम सुशासन सबलीकरण सम्बन्धमा छलफल हुने तेस्रो सत्रको सहजीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख ऋषि राज आचार्य तथा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञले गर्ने छन् ।

कार्यक्रममा सहजीकरण गर्न आउने विज्ञहरुलाई सम्मेलन पुर्व दोधारा चाँदनी नगरपालिकाका विपद्को उच्च जोखिममा रहेका क्षेत्रहरु र विगत केहि वर्ष देखी जंगली हात्तीले आतंक मच्चाईरहेको वडा नं. ३ को बडुवाल टोलको स्थलगत अध्ययन समेत गराइने छ ।

जसले गर्दा आगामी दिनमा जोखिम न्यूनीकरणका उपायहरुको पहिचान तथा कार्यान्वयन सम्बन्धमा सम्मेलनमा प्रभावकारी रुपमा छलफल गर्न सहज हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार