Saturday, July 27, 2024

आफ्नै साथीको अश्लील भिडियो बनाएर ब्ल्याकमेल

प्रकाशित:

पोखरा । उमेर १६ वर्ष । किशोरीको पनि एउटै उमेर, एउटै कक्षा । आफ्नै साथीले नक्कली फेसबुक आइडी बनाएर नक्कली अश्लील भिडियो बनाउन थाले । बेलाबेलामा किशोरीको फोटो र भिडियो पठाएर फेसबुकमा पोस्ट गर्ने धम्की पनि दिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पोखरा २७ बस्ने किशोरले फेक आइडीबाट गरेको हर्कतको उजुरी प्रहरीसम्म पुग्यो । प्रहरीले अनुसन्धान गर्दै गयो, अन्ततः किशोर पक्राउ परे । उनले किशोरीको तस्बिर र भिडियो उनका आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गरेका थिए ।

बेइज्जत गरिदिन्छु भनेपछि मानसिक यातना बढ्यो । किशोरीले परिवारलाई जानकारी गराएपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो । प्रहरीले २ थान मोबाइलसहित किशोरलाई पक्राउ गरेको छ ।

विद्युतीय कारोबार ऐन कसुर अन्तर्गत साइवर अपराध मुद्दामा उनलाई जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार