Saturday, July 27, 2024

धनगढीमा भोलिदेखि सुदूरपश्चिम महोत्सव

प्रकाशित:

धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने १७ औं संस्करण सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको जनाएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सदा झै यो वर्ष पनि सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि पुस २ गतेसम्म चल्ने छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा शुक्रवार मध्याह्न १२ः३० मा महोत्सव उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।

यो वर्ष महोत्सवमा ३ करोड लगानी भएको र १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमा करिब ६ लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने अनुमान उद्योग वाणिज्य संघले गरेको छ।

महोत्सवमा सुदूरपश्चिमका परिकार सहितका स्थलमा खानाको स्टल रहने, चौधरी र राना समुदायको संस्कृति जगेर्नाका लागि सङ्ग्रहालय सहितको अलग थारू गाउँ निर्माण गरिएको छ।

महोत्सव अवलोकनको लागि यो वर्ष विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट लाग्ने छ भने फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क जान दिने व्यवस्था मिलाइएको छ।

महोत्सवको उद्घाटन पूर्व शुक्रवार बिहान ८ बजे सहिद गेटबाट प्रभातफेरी कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार