Saturday, July 27, 2024

कमलशा आधारभूत विद्यालयको दुई कोठे भवन उद्घाटन

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिकाको कमलशा आधारभुत बिद्यालयमा दुई कोठे भवनको उद्धघाटन गरिएको छ। दोधारा चाँदनी नगरपालिका– ६ नयाँ गाँउमा रहेको कमलशा आधारभुत बिद्यालयको २ कोठे भवनको उद्धघाटन गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आज विधिवतरुपमा भवनको उद्धघाटन गरिएको वडाध्यक्ष बस्नेतले बताए । बिद्यालयमा बिद्यार्थीको चाँपलाई मध्यनज राख्दै राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत २ कोठे भवन निमार्ण गरिएको वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् ।

कमलशा आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत ओझाका अनुसार राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत रु। २२ लाख ५० हजारमा २ कोठे भवन निमार्ण गरिएको हो ।

बिद्यालयका कक्षा कोठा निमार्ण संगै पठनपाठनमा सहजता आउने भएको उनले बताएका छन् । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष ओंम बस्नेतले सयुक्तरुपमा २ भवनको समउद्धघाटन गरेका हुन् ।

वडाको शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई प्रमुखता दिएर योजना बुन्दै आएका वडाध्यक्ष ओम बस्नेतको कार्यप्रति स्थानियहरु खुशी ब्यक्त गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार