Saturday, July 27, 2024

कञ्चनपुरका आठ राजनीतिक दलको संयुक्त विज्ञप्तिः पुर्वराजा महेन्द्रको शालिक राख्न नदिइने

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको पार्कमा रहेका भीमदत्त पन्तको शालिक तोडफोड गर्ने देखि संविधान चोकमा पुवै राजा महेन्द्रको शादिक राख्ने सम्मका गतिविधिलाई लक्षित गरेका कञ्चनपुरमा आठ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधवार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी, लोसपा, जनमोर्चा, विप्लव निकट नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो समय विकसित भईरहेका अराजक, उत्शृंखल तथा संविधानको बर्खिलापमा र व्यवस्थाका विरुद्धका गतिविधिहरु प्रति खेद व्यक्त गरेका छन् ।

यस्तो छ संयुक्त विज्ञप्तिः

यहि मिति २०८० मंसिर ८ गतेका दिन राप्रपाद्वारा आयोजित कार्यक्रम शक्ति प्रदर्शनका क्रममा राप्रपाका केहि अराजक उत्शृंखल नेता कार्यक्राताहरुले भीमदत्त नगरपालिका वडा नं. १८ स्थित भीम वाटिकामा रहेको महान शहिद भीमदत्त पन्तको शालिकमा तोडफोड गर्ने निन्दनिय कामको घोर भत्सर्ना गर्दछौं ।
साथै उक्त शालिक पुनः व्यवस्थापनका लागि भीमदत्त नगरपालिका लाई सर्वदलिय बैठकका माध्यमबाट अनुरोध गर्न चाहन्छौं ।
नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात प्राप्त संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको स्थापनामा आन्दोलनरत सबै दलको सर्वदलिय र सर्वपक्षिय बैठकबाट भीमदत्त नगरपालिका वडा नं. ४ स्थित स्मारकलाई संविधान चोक नामांकन गरि सो स्मारक माथि गणतान्त्रीक स्तम्भ निर्माण गर्ने निर्णय अनुसार नेपालको संविधान २०७२ अनुसार सो कार्यक्षेत्राधिकार स्थानिय सरकारको रहेको हुदा विगतमा भएको निर्णय कार्यान्वयनका लागि भीमदत्त नगरपालिकालाई अनुरोध गर्दछौं ।
नेपालको संविधान २०७२ एवं वर्तमान व्यवस्थाका विरुद्धमा नकारात्मक क्रियाकलापका साथै विभिन्न अराजक शैली अपनाई आम जनसमुदायलाई दिग्भ्रमित पार्ने गरी व्यवस्थाद्वारा प्राप्त उपलब्धी माथि नै प्रश्न चिन्ह उठ्ने गरी गरिएको भ्रम र्सिजनाको यो सर्वदलिय बैठक घोर भत्र्सना गदर्छ ।
संविधानको मर्म भावना माथि दुष्प्रयास गर्ने सबैखाले विखण्डनकारी तत्वहरु प्रति सजक हुदै न्यायमूलक समाज निर्माणका लागि सबै पक्ष रत तह एकठाउमा आउनु आजको आवश्यकता रहेको हुदा सो का लागि सर्बदलिय बैठक हार्दिक आह्वान गर्दछ ।
यहि मिति २०८० मंसिर २८ गतेका लागि राप्रपा कञ्चनपुरले आयोजना गर्ने भनिएको संविधान चोकमा महेन्द्रको शालिक स्थापना गर्ने भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आए अनुसार सो कार्य संविधानको बर्खिलापमा र व्यवस्थाका विरुद्धमा रहेको हुदा यो सर्वदलिय बैठक घोर निन्दा प्रकट गदै त्यस्ता क्रियाकलापहरु रोक्नका निमित्त स्थानिय सरकार र स्थानिय प्रशासनको ध्यानाकर्षण गराउछौं ।

पदम बोगटी– सभापति नेपाली कांग्रेस
लक्ष्मी बुढा– का.वा.अध्यक्ष ने.क.पा.एमाले
खेमराज पाण्डेय– संयोजक ने.क.पा.माओवादी
हरक सिंह धामी– सचिव ने.क.पा.एकिकृत समाजवादी
अम्बादत्त तिवारी– (के.स.) लोकतान्त्रिक समाजवादी पार्टी
शुसिमान घर्ती–(सदस्य) राष्ट्रिय जनमोर्चा
विराट सी–(ईञ्चाज) नेपाल कम्युनिष्ट पार्टी
बिष्णु राम दमाई– (संयोजक) क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

May be an image of text

ताजा समाचार

सम्बन्धित समाचार