Saturday, July 27, 2024

माईती नेपालको वार्षिक कार्य प्रगतीः २१ महिला, बालबालिकाको उद्धार, २९ जनालाई सिमानामै रोक

प्रकाशित:

दोधारा । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा महिला हिंसा रोकथाम, मानव बेचविखन रोकथाम तथा नियन्त्रण, उद्धार र पुर्नस्थापनाका क्षेत्रमा प्रभाकारी कार्य गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आईतबार माईती नेपाल कञ्चनपुरले महेन्द्रनगरमा गरेको सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रममा बार्षिक कार्य प्रगतिमा २१ महिला, बालबालिकाको उद्धार र २९ जनालाई सिमानामै रोक सहित महिला हिंसा सामाधाका क्षेत्रमा थुप्रै कार्य गरेको जनाएको छ ।

मानव बेचविखन रोकथाम तथा नियन्त्रण, घरेलु हिंसा, उद्धार तथा पुर्नस्थापनाका क्षेत्रमा शसक्तरुपमा कार्य गदै आएको माईती नेपाल कञ्चनपुरले २०२३ जनवरी देखि नबेम्बर सम्मको आफ्नो कार्य प्रगतिमा २१ जना चेलीबेटीको भारतका विभिन्न स्थानबाट उद्धार, कञ्चनपुर जिल्लामा २९ र सुदूरपश्चिम प्रदेशमा ७२ जना महिला तथा बालवालिकालाई सिमानामै रोक, १ सय ८ पारिवारीक पुनरमिलन, १९ वटा घरेलु हिंसाका मुद्धा सामाधान गरिएको माईती नेपालकी कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताए । उनले खुला सिमा नाकाका कारणले मानव तस्करी रोकथाम तथा नियन्त्रणमा चुनौती रहेको बताए ।

भारतका बिभिन्न स्थानमा राम्रो काम लगाई दिने प्रलोभनमा नेपाली चेलीबेटी बढी जसो भारतमा बेचिने गरेको उनले बताएका छन् । ‘यस बर्ष हामीले २१ जनालाई भारतबाट उद्धार गर्‍यौ जसमा भारतको गुजरातबाट १, मुम्बई ३, दिल्ली–४ जना, पुना–५ जना, पंजाव–२ जना, पिथौरागड –२ जना, हिमाञ्चल प्रदेशबाट –४ जना नेपाली चेलीहरुको उद्धार गरेर ल्यायौ’ संयोजक भट्टले बताए ।

यस्तै सिमानाकामा ४ हजार १ सय ७९ वटा सवारी साधनलाई चेकजाँच, सिमानाकामा परामर्श गरी सोझै घर फर्काएको १६ जना, खोजतलासका लागि १ सय ५४ वटा निवेदन दर्ता भएको तथा खोजतलास गर्दा ४३ जना फेला परेका छन् । घरेलु हिंसाका २९ वटा मुद्धा दर्ता भएकोमा १९ वटा मुद्धा सामाधान गरिएको समेत माईती नेपाल कञ्चनपुरले जनाएको छ । यस्तै मानव वेचविखन विरुद्धका ३ वटा मुद्धा दर्ता भएका छन् ।

मानव वेचविखनको मुख्य कारण भनेको गरिबी, महत्वाकांक्षी, झुटो मायाजालमा विवाह साथी, भाई र परिवारको दवाब, घरेलु हिंसा साथ साथै मोवाईल फोन र सामाजिक सञ्जालको दुरुपयोगले गर्दाले घटनामा हुने गरेको माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले बताएका छन् ।

आयोजित अन्तरकृया कार्यक्रममा भिमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशी, विभिन्न क्षेत्रमा कार्यरत महिला र सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख लेखकले मानव बेचविखन रोकथाम तथा नियन्त्रण र महिला हिंसा न्यनिकरणका क्षेत्रमा माईती नेपालले गरिरहेको कार्यको प्रशंसा व्यक्त गदै हरेक यस्ता कार्यमा भिमदत्त नगरपालिकाको पनि साथ सहयोग रहने बताए ।

यसरी मानव बेचबिखन जस्तो जघन्य अपराधको शिकार हुन नदिनका लागि माइति नेपालले समुदायस्तरमा विभिन्न प्रकारका जनचेतनामुलक कार्यक्रमहरु जस्तै घरदैलो तथा पर्चा पम्पलेट वितरण, किशोरीहरुलाई मानव बेचबिखन विरुद्ध कानुनी अनुशिक्षण, सडक नाटकहरु गर्दै आएको माईती नेपाल कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार