Saturday, July 27, 2024

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको वेदकोट नगरपालिका–६ का २४ वर्षीय प्रदिप मार्कण्ड र २४ वर्षीय निश्चल केसी लागुऔषधसहित पक्राउ परेका हुन् । शनिबार राति भीमदत्त नगरपालिका–११ होल्डिङ सेन्टर नजिकबाट एक ग्राम ८३ मिलिग्राम लागुऔषधसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । त्यस्तै बेदकोट नगरपालिका–१० सिसैयाका २३ वर्षीय आकाश ठगुन्ना पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार