Saturday, July 27, 2024

परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

प्रकाशित:

महेन्द्रगर । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनि मंसिर २३ मा कतार जान लागेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते ९बिहीवार० उनले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

ष्mबनभक
परराष्ट्रमन्त्री साउदले आज ९बुधबार० गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् ।
कतार बसाइँका क्रममा उनि दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

 

ताजा समाचार

सम्बन्धित समाचार