Saturday, July 27, 2024

लालझाडीका ईन्जिनियर अवस्थी कुटपिट प्रकरण स् अवस्थीद्वारा ठेकेदार राना बिरुद्ध प्रहरीमा मुद्दा, ठेकेदार रानाले ईन्जिनियर बिरुद्ध अख्तियारमा उजुरी

प्रकाशित:

महेन्द्रगर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा ईन्जिनियर अवस्थीले प्रहरीमा उजुरी दिएका छन । ईन्जिनियर अवस्थीले आफुमाथि कुटपिट गर्ने ठेकेदार भीम राना सहितका चार जना बिरुद्धमा उजुरी दिएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले ईन्जिनियर अवस्थीले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै निर्माण व्यवसायी भीम राना सहित चार जना बिरुद्धमा उजुरी दिएको बताए । ‘पीडित भनिएका ईन्जिनियर अवस्थीले राना सहित चार जना बिरुद्धमा उजुरी दिएर गएका छन, ‘प्रवक्ता डाँगीले भने, ‘अब यस विषयमा ईप्रका बेलौरीले अनुसन्धान अघि बढाउँछ ।’ लालझाडीका इन्जिनियर अवस्थीले सोमबार दिउँसो भीम राना सहितको समुहले आफुमाथि कुटपिट गरेको बताएका छन ।

कन्दकला कस्ष्ट्रक्सन प्रालिका संचालक समेत रहेका निर्माण व्यवसायी भीम बहादुर रानाले ईन्जिनियर अवस्थीमाथि कुटपिट गरेका हुन । रानाको कम्पनीले गत बर्ष ०७९÷०८० मा कञ्ज गाँउमा १ किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको थियो ।

ईन्जिनियर राम प्रशाद अवस्थीले उक्त ठेक्कामा गुणस्तरको विषयलाई लिएर अनुगमन गर्दा राना सहितको समुहले कुटपिट गरेको बताएका थिए । ईन्जिनियर अवस्थीले ठेकेदार राना सहित चार जना बिरुद्धमा उजुरी दिएसंगै निर्माण व्यवसायी भीम रानाले समेत ईन्जिनियर अवस्थी बिरुद्धमा उजुरी दिने बताएका छन ।

उनले आफुले कुटपिट नगरेको समान्य धकेलाधकेल भएको बताएका छन । गत बर्ष ठेक्का पाउँदैदेखि आफुबाट डेढ लाख मागेको र नदिएपछि ईन्जिनियरले योजनामा दुख दिदै आएको बताए । ‘मेरा बिरुद्धमा ईन्जिनियरले मुद्दा हाले ठिकै छ, ‘ठेकेदार रानाले भने, ‘उहाँ ईन्जिनियर सापले पनि मेरो ठेक्का सदर भएदेखि डेढ लाख मागेको थियो, मैले दिएर मलाई अहिलेसम्म दुख दियो ।’

आफुसंग मागेको सहित विगतका अन्य निर्माण व्यवसायी उपभोक्ता समितिबाट रकम मागेको विषयमा मुद्दा हाल्ने बताए । ‘मलाई पनि ईन्जिनियरले घुस मागेर दुख दियो, ‘उनले भने, ‘मेरा बिरुद्धमा उजुरी दिएपनि केही छैन, मैलेपनि न्यायका लागि अख्तिधार धाउँछु, बुधबार ९भोली० नै आएर मुद्दा हाल्छु, घुसकाण्डका सबै पोल खोल्छु ।’ गत बर्ष ६२ लाखको ठेक्का लिएपनि पेश्की लिएर बसेको काम गरिरहेको बताए ।

‘यो काम ईन्जिनियरले नै कमिसन मागेर नदिएपछि दुख दिएकै कारण धकेलियो, ‘उनले भने, ‘हामीमाथि यसरी अन्याय गर्दा कसैले न्याय दिएन ।’ लालझाडीका निर्माण व्यवसायी एव उपभोक्ताहरुले पनि पटक पटक ईन्जिनियर अवस्थीले घुस बिना कामै नगरिदिने र दुख दिने गरेको भन्दै गाँउप्रमुख सहितका जनप्रतिनिधीसंग दुखेसो पोख्दै आएका थिए ।

कार्यालय स्रोतका अनुसार ईन्जिनियर अवस्थी बिरुद्धमा सेवाग्राहीले प्रमुख प्रशासकीय अधिकृत एव गाँउप्रमुख निर्मल राना सहितका जनप्र्रतिनिधी कर्मचारीलाई गुनासो गरेपछि ७ साउन ०८० को कार्यपालिका बैठकबाट ईन्जिनियर अवस्थीलाई जिम्मेबारी बिहिन गरेको र त्यसपछि ईन्जिनियरले हारगुहार गर्दा पुन जिम्मेबारी दिएको थियो । ईन्जिनियर अवस्थी बिरुद्धमा यस अघि पनि सेवाग्राही पटक पटक कार्यालय आएर कुर्सी समेत भाँचेका थिए ।

ईन्जिनियर अवस्थीमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारिएको छ । नेपाल निजामती कर्मचारी यूनियन, स्थानीय तह कर्मचारी यूनियन नेपालले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर दोषिमाथि कार्बाहीको माग अघि सारेका छन ।

नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष प्रेमसिह ऐर, सचिव गणेश बहादुर सिह, स्थानीय तह कर्मचारी यूनियन नेपाल सुप प्रदेशका अध्यक्ष अशोक पाण्डेयद्धारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

खुलेराम गुणस्तहिन काम हुनेदेखि ईन्जिनियरले लाखौँ रकम मागेको विषय बाहिरिदा समेत अख्तियारले चासो समेत नदिएको स्थानीयको दुखेसो छ । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले उक्त घटनाको विषयमा दुवै पक्षलाई एकै ठाँउमा राखेर बुझ्ने बताए ।

गाँउप्रमुख रानाले यस अघि ईन्जिनियर अवस्थी बिरुद्धमा घुस मागेको विषयमा कार्यपालिकाले जिम्मेबारी बिहिन गरेको बताउँदै, कर्मचारी अभावका कारण केही समयपछि पुन जिम्मेबारी दिएको बताए ।

‘यही घटना निम्तिने भएकाले हामीले उतिबैले जिम्मेबारी बिहिन बनाएका थियौँ, ‘गाँउप्रमुख रानाले भने, ‘के गर्नु जनताको काम पनि गर्नुप¥यो, कार्यालयमा कर्मचारी नै अभाव छ ।’ कार्यालयमा ईन्जिनियर अवस्थीमाथि कुटपिट भएपछि उक्ता शाखाको कामकाज प्रभावित भएको छ । स्थानीय स्तरमा समेत कुटपिट प्रकरणको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार