Saturday, July 27, 2024

कञ्चनपुरका मकर योञ्जन ूद भ्वाइस अफ नेपाल सिजन ५ू मा तहल्का मचाउँदै

प्रकाशित:

महेन्द्रनगर । सुदुरपश्चिम कञ्चनपुरका मकर योञ्जनले द भ्वाइस अफ नेपाल सिजन ५ू मा तहल्का मचाई रहेका छ्न । गत हप्ता हिमालयन एचडी टेलिभिजनमा प्रसारित द भ्वाइस अफ नेपाल सिजन ५ूकार्यक्रमको ब्याटल राउन्डमा गायक मकर योञ्जनले सुनिता सङ्याक लिम्बुसंग गाएको फुल झरेपनी कांडा झर्दैनु बोलको गितले कार्यक्रममा उपस्थित सबैको ध्यान तान्न सफल भएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

हिमालयन एचडि टिभिमा प्रशारण भईरहेकोको भ्वाइस अफ नेपाल सिजन फाईभ मा गीत गाएर चारै जना जजहरुको मन जित्दै कुर्सी घुमाउन बाध्य बनाएका गायक योञ्जन आशलाग्दा गायक बन्न सफल भएका छ्न । जजका कुर्सीमा बसेका राजेश पायल राई, उदय सोताङ्ग, मिलन नेवार,प्रमोद खरेलले आफू बसेको कुर्सी घुमाएर गायक योञ्जनको गायन क्षमताको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

पुनर्वास नगरपालिका २, दशरथ बस्तीका स्थायी बासिन्दा गायक योञ्जन काठमाडौमा संघर्षरत छ्न । पुनर्वास ३ स्थित जनकल्याण मा।वि। बाट अध्ययन गरेका योञ्जनले भारतको सुरत शहरबाट संगीतमा स्नातक गरेका छ्न ।
भारतमा लामो समय संगीत साधना गरेपछि आफ्नै देशमा केही गर्ने योजना बनाएर फर्केका गायक योञ्जन हाल काठमाडौमा बसी गायन कर्मलाई निरन्तरता दिइरहेका छ्न ।

आमाबाबुको मृत्यु,कमजोर आर्थिक अवस्था जस्ता कठोर परीक्षालाई छिचोल्दै गायन यात्रालाई अगाडि बढाएका गायक योञ्जन संगीतलाई नै आफ्नो सम्पूर्ण कुरा मान्छ्न। बेलाबेलामा आफ्नो गाउँ पुनर्वास आएर आफ्ना बालसखाहरुलाई भेटन रुचाउँने गायक योञ्जनले सम्पूर्ण सुदूरपश्चिमबासीबाट सपोर्ट पाउने आशामा छ्न ।

ताजा समाचार

सम्बन्धित समाचार