Saturday, July 27, 2024

शुक्लाफाँटा(३ मा जग्गा नापजाँच सुरु वडा नम्बर १ र ९ मा सकियो नापीको काम

प्रकाशित:

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ मा पनि जग्गा नापजाँच कार्य सुरु भएको छ । अव्यवस्थित बसोबासी,भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई व्यवस्थित बनाउन सोमबारदेखि जग्गाको नापी कार्य सुरु भएको हो ।नापी कार्यको सुभारम्भ गर्दै नगर प्रमुख रण बहादुर महराले छिट्टै नै नापी कार्य सकेर भूमिहिनहरुलाई जग्गाधनी पुर्जा९लालपुर्जा० उपलब्ध गराइने बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

“हामी छिट्टै भूमिहिनहरुलाई जग्गा धनीको मालिक बनाउने गरेर नापीको काम अघि बढाइरहेका छौँ,सबै जनताले विवाद रहित शान्त तरिकाले जग्गा नापी गर्न सहज गरिदिन आग्रह गर्दछु”नगर प्रमुख महराले भने।वडा नम्बर ९ र १ मा जग्गा नापजाँचको काम सकिएर अहिले वडा नम्बर ३ मा नापीको काम सुरु भएको उल्लेख गर्दै नगर प्रमुख महराले यसपछि वडा नम्बर २ र १२ मा पनि जग्गा नापजाँचको कार्य सम्पन्न गरिने बताए ।

एक डेढ वर्ष भित्रमै सबै वडाहरुमा जग्गा नापजाँच सक्ने गरी अघि बढेको नगर प्रमुख महराले बताए । “जिल्ला भूमी आयोगले एक सर्वेक्षक दिएको खण्डमा नगरपालिकाले ३ जना अमिन थपेरै भएपनि छिटो काम सक्ने योजनामा छौँ,नगर प्रमुख महराले भने,अहिले पनि उच्च मनोबलका साथ जग्गा नापीको काममा लागेका छौँ ।”

अहिलेसम्म कर्मचारीहरुले इमान्दारिताका साथ विवादरहित जग्गा नपीको काम गरेको चर्चा गर्दै आगामी दिनहरुमा समेत थप अनुभव लिएर काम गर्नेमा विश्वास व्यक्त गरे ।

उनले चलनभोग गरेको ठाउँमा हस्तक्षेप गरिए जग्गा नापी कार्य रोकिने जानकारी दिदै सबै जनताले जग्गा नापजाँच गर्ने टोली आउँदा आफ्नो चलनभोगमा रहेको लगत संकल फारम भरेको निस्सा कागज साथमा राखेर जग्गा नापी गराई वर्षौदेखीको जग्गाको मालिक बन्ने सपना साकार पार्न आग्रह गरे ।

वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले सहज ढङ्गबाट वडामा नापीको काम सम्पन्न गर्नका लागि सबैको साथ,सहयोग आवश्यक रहको बताए । उनले जग्गा नापजाँच टोलीलाई सहज रुपमा नापजाँचको वातावरण बनाउने काम आफुहरुको रहेको वडाध्यक्ष चौधरीको भनाई थियो ।

उनले विवादरहित सहज रुपमा वडाभित्र जग्गा नापजाँच हुने आशा व्यक्त गरे । उनले वडामा नापी गर्न सहज र समय राम्रो मिलेको बताए । अन्य वडाको हकमा यहाँ अव्यवस्थित बसोबास कम भएको उनले बताए । वडाभित्र ३ सय ९७ अव्यवस्थित बसोवास र ९ वटा भूमिहीन सुकुम्बासीको निवेदन दर्ता भएको बताए ।राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाले अव्यवस्थित बसोबासी,भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई चाँडो लालपूर्जा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

कतिपय ठाउँमा नापजाँच गर्न समस्या भएको बताउँदै नापजाँचका लागि स्वयमले सहजीकरण गर्नुपर्ने बताए । विवादरहित नापजाँचको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।उनले कार्यविधि र गठन आदेश साथमा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे । नापी संगै पूर्जा वितरणको कार्य पनि संगै वितरण गर्ने योजना रहेको जिल्ला अध्यक्ष ढुंगानाले बताए । प्रत्येक नगरपालिकामा जग्गा नापजाँचको काम भइरहेको उनले बताए ।

शुक्लाफाँटा नगरपालिका भुमी शाखाका प्रमुख मोहन राज फुलाराले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा नगर प्रमुख महरा सहित नगर उपप्रमुख कल्पना जोशी ९पन्त०,प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट लगायतको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार