Saturday, July 27, 2024

भीमदत्त पन्तको सालिक तोडफोडमा १८जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगर बजारमा रहेको स्थानिय पार्क ९भिम बाटिका० मा रहेको सहिद भिमदत्त पन्तको सालिक तोडफडमा संलग्न २ महलिा सहति १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार महेन्द्रनगर बजारमा गणतन्त्रको विरोध गदै हिन्दु राज्य र राजा आऊ देश बचाउँको नारा लगाउदै प्रदर्शनमा उत्रिएको समुहले महेन्द्रनगर बजारमा रहेको स्थानिय पार्क ९भिम बाटिका० मा रहेको भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न २ महिला सहित १८ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेका होे ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पक्राउ पर्नेमा २ महिला र १६ जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जसमा भिमदत्त नगरपालिका १८ बस्ने बर्ष ५० की हेलेन श्रेष्ठ, सोहि ठाउँ बस्ने बर्ष ४५ की लक्ष्मी मल्ल, भिनपा १८ बस्ने २२ बर्षिया आकाश जोशी, भिनपा ३ बस्ने ३३ बर्षिया निवोत्र चन्द, भिनपा १८ बस्ने ४२ बर्षिया शिसिर थापा, ४५ बर्षिया कृष्ण बहादुर चन्द, भिनपा ५ बस्ने बर्षिया रमेश बाग, भिनपा ३ बस्ने ४१ बर्षिया कमलेश सिंह ठकुरी, भिनपा ४ बस्ने ४८ बर्षिया दिनेश श्रेष्ठ, भिनपा १८ बस्ने भुपेन्द्रराज पन्त, भिनपा ७ बस्ने २२ बर्षिया मोहित प्रसाद पन्त, भिनपा १८ बस्ने २७ बर्षिया प्रेम रावल, भिनपा १९ बस्ने ३० बर्षिया उपदेश सिंह, कैलाली घोडाघोडी ५ बस्ने ३० बर्षिया विराट विष्ट, घोडाघोडी ६ बस्ने ३५ बर्षिया कमल चन्द,वे।न।पा ९ बस्ने २६ बर्षिया नरेन्द्र कार्की, भिनपा ४ बसपार्क बस्ने २८ बर्षिया सुजल खड्का र कैलाली धनगढी उपमहानगरपालिका ४ बस्ने २३ बर्षिया विवेक चन्द ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाप्रमुख प्रहरी उपरिक्षक कमल थापाले बताउनु भयो ।

पक्राउ परेका सबैलाई कानुन बमोजिम आवश्यक कार्वाही गरिने प्रहरी उपरिक्षक थापाले बताउनु भयो । उनले भने “अहिले पक्राउ गरेर अनुसन्धान गरिरहेको छौ, घटनामा संलग्न अन्यको पनि खोजी भईरहेको बताउदै उनीहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही गछौ ।” प्रहरीले पार्कमा शालिक तोडफोड भएपछि दुई राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
पार्कको गेटमा लेखिएको भीमदत्त पार्क मेटाएर महेन्द्र पार्क समेत लेखेका छन । ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बैद्धिक सनातन हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ले आज आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राजतन्त्रको समर्थनमा नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरू ‘राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दाबाद, नारायणहिटी खाली गर जस्ता नारा लगाउँदै अगाडि बढेका थिए । गणतन्त्र विरोधी नारा लगाउँदै मदनचोक हुँदै महेन्द्रनगर बजारभरी नाराबाजी र प्रदर्शन गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार