Saturday, July 27, 2024

बाजुराका हिमाली भेगका भेडीगोठ चिसो बढेसँगै बेसी सार्न थालियो

प्रकाशित:

प्रमित विक । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका भेडीगोठ न्यानो स्थान खोजीमा बेसी सार्न थालिएको छ। बाजुराका उच्च पहाडी क्षेत्रका भेडी गोठ चिसो बढ्न थालेसँगै रित्तिन थालेका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

तल्लो भेगका खर्क र बेसीका भेडी गोठमा चहलपहल बढेको छ। बाजुराको बडीमालिका, त्रिवेणी पाटन, कलाजाग्रा, बुढीनन्दा पाटन, पोरखे, गौमुल पाटन, बथान लेख लगायतका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडाहरूलाई बस्ती नजिकै न्यानो क्षेत्रमा झारिएका छन्।

बाजुराका लेकाली क्षेत्रमा पालिएका र चरिचरनका लागि जिल्ला बाहिरबाट भेडा च्याङ्ग्रा गम्रीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ। यहाँका भेडा पालक किसानहरूले घुम्ती गोठ बनाएर सिजन अनुसार सार्ने गर्दछन्। भने चरनका लागि बाहिरबाट आएका भेडीगोठ चिसो छल्न तातो स्थानमा जाने गर्दछन्।

ताजा समाचार

सम्बन्धित समाचार