Saturday, July 27, 2024

दोधारा चाँदनीमा रास्वपाले सुरु गर्‍यो सुझाव संकलन

प्रकाशित:

महेनद्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सुझाव संकलन अभियानको सुरु गरेको छ् । दोधारा चाँदनीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले गएको शनिवारबाट अभियानको थालनी गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दोधारा चाँदनीका संयोजक पुरन कुमालको संयोजकत्वमा अभियानको औपचारिक रुपमा सुरु गरेका हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगर क्षेत्रमा बिकासको कार्य, सरकार पक्षको कारण पछि पारिएका वडा तथा टोलहरु, दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्र, वन्यजन्तु प्रभावित क्षेत्र, बिकासका सम्भावना भएका स्थानहरु लगाएत राजनितिक बिषयमा सुझाव संकलन गरिदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दोधारा चाँदनीका संयोजक पुरन कुमालले जानकारी दिएका छन् ।

अस्पतालमा आवश्यक औषधी नभएको, उपचारको उचित व्यवस्था नभएको, सडक मर्मत गर्न नसकेको, फोहोर व्यवस्थापन गर्न नसकेको, प्रर्याप्त मात्रामा पिउने पानीको कमी रहेको, रोजगारीको अभाव रहेको लगाएत समस्याहरु समेत टिपोट गरिएको बताईएको छ् । रास्वपाले आम निर्वाचन २०७९ को एक वर्ष र उपनिर्वाचन पछि मतदाता प्रति आभार व्यक्त गर्न रास्वपाले ‘घरदैलो अभियान’ को थालनी गरेको हो । ‘चुनावका बेला मात्र होईन निरन्तर घरदैलोमा पुगेर नेताले जनताको सल्लाह सुझाव लिनुपर्छ भनेर पार्टीले यो अभियान थालनी गरेका हो’ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दोधारा चाँदनीका संयोजक पुरन कुमालले भने । रास्वपाका नेता तथा कार्यकर्ताहरुले दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा टोलहरुमा सुझाव फाराम संगै रिपोट कार्ड लिएर जनताको घर आंगनमा पुग्ने कार्यक्रम गर्दै आएका छन् । सुझाव फारम मार्फत रास्वपालाई प्रोत्साहित र खबरदारी गर्न रास्वपाले अनुरोध समेत गरेको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार