Saturday, July 27, 2024

कञ्चनपुरका व्यापारी तथा समाजसेवीहरुले परराष्ट्रमन्त्री एनपी साउद समक्ष राखे यस्तो धारणा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका व्यापारी तथा व्यवसायी समाजसेवीहरुले परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई जिल्लामा रहेका बिभिन्न समस्याहरु विषयमा धारणा राखेका छन् । आईतवार कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित स्वागत कार्यक्रममा जिल्लामा रहेका व्यापारी तथा व्यवसायी समाजसेवीहरु, निर्माण व्यवसायी, होटल व्यवसायी पर्यटकिय व्यवसायीहरु ले जिल्लामा रहेका बिभिन्न समस्याहरु परराष्ट्रमन्त्री साउदलाई जानकारी प्रदान गरेका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विषेश गरेर कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी भएर भारत जाँदा सिमानाकामा भारतिय एसएसबीले गर्ने ज्यादती, सिमा नाका विवादको विषय र टनकपुर पुलबाट सवारी साधनहरु निर्वाध चल्न पाउँने व्यवस्था, र कुनै पनि विदेशी पर्यटकले भारतबाट नेपाल प्रवेश गर्न पाउँने तर नेपाल भएर भारत जान नपाउँने विषयमा पनि छलफल भएको थियो ।

उक्त विषयमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुर उद्योग वाणिज्य संघले मुख्य बुँदाहरु लेखेर मन्त्रालयमा पठाउँन आग्रह गरे साथै आफुले उक्त विषयमा भारतिय सरकारसंग विषेस रुपमा कुराकानी गर्ने बताए । साथै उक्त विषयमा साथै व्यापारीहरुले प्रहरीले बजारमा हानेको छापाको विषयमा पनि छलफल गरेका थिए । उक्त विषयमा आफुले चासो राखेको र भित्री कुरा बुझेर कसरी सहज वातावरणको निर्माण गर्न सकिन्छ उक्त विषयमा काम गर्ने बताए ।

साथै महाकाली अस्पतालमा अहिले चिकित्सकहरुको अभाव रहेको र महाकाली अस्तालमा २८ जना डाक्टरहरुको दरबन्दी रहे नि अहिले १ जना मात्रैले सेवा दिईरहेको विषयमा जानकारी सहितको पत्र पठाउन र स्वास्थ मन्त्रालयसंग तुरुन्तै दरबन्दी अनुरुप डाक्टर चिकित्सकहरुको व्यवस्थापनमा लाग्ने बताए । साथै अहिले जिल्लामा शवदाह गर्न पनि समस्या भएको अवस्थामा उक्त समस्यालाई पनि समाधान गरिने उनले बताए ।

सिमा नाका विवादमा स्ट्रिप नक्सा अनुरुप काम हनु नपाएको अवस्थामा अहिले सबै ठाँउमा विवाद रहेको र राष्ट्रिय अन्तराष्ट्रिय विधी प्रक्रिया बाट नेपालको पनि हित हुने भारतलाई दुख नलाग्ने गारोमा नपर्ने विषयमा समाधानको पक्षमा रहेका काम भईरहेका बताए । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको बताएका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आइतबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए । भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ, मन्त्री साउदले भने, कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो ।

दोधारा चादँनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमा अघि बढेको जनाउँदै उनले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल गर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार