Saturday, July 27, 2024

एसरी सम्पन्न गर्यो जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह

प्रकाशित:

महेन्द्रनगर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सफताका साथ सम्मपन्न गरेको छ ।गत कार्तिक २० गते सोमबार एक कार्यक्रका विच समउद्धघाटन गरिएको ट्राफिक सचेतना सप्ताह कार्यक्रम आईतबार महेन्द्रनगरको ममताज पार्टिप्यालेसमा सफताका साथ सम्मपन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पछिल्लो समय नेपालमा सडक दुर्घटनाको सख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकोले र अर्को कुरा पहाड छोडेर तराईका जिल्लाहरुमा बसोबास गर्ने मानीसहरुको जनसख्यामा वृद्धि भएसंगै सवारी साधनको सख्या वृद्धि भईरहेको हुदा सडक दुर्घटना न्युनिकरण तथा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह कार्यक्रममको आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक नरेश बहादुर बिकले बताएका छन् ।

कार्तिक २० गते देखि प्रारम्भ गरेको कार्यक्रम जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,स्थानिय निकाय तथा सरोकारवाला निकायहरुसंग कार्यक्रममको उद्धघाटन पश्चात दशरथ चोक,मदन चोक,हुदैँ बसपार्क सम्म व्यानर प्येलेकार्ड सहितको पभात फेरी,दोस्रो दिन यातायात व्यावसायीसंग समन्वय गरी सवारी तथा अटो चालकहरुलाई प्रशिक्षण,तेसो्र दिन सडक विभागसंग सडकमा ट्राफिक सचेतना सहितका बोर्ड राख्ने र बाटो क्रस गर्ने ठाँउमा जेब्रा क्रस राख्ने, चौथो दिन यातायात कार्यालयसंग समन्वय गरी सवारी साधनको यान्त्रिक परिक्षण,पाचौँ दिन मन्त्र अस्पतालसंग समन्वय गरी लामो तथा छोटो दुरीमा चालकहरुको स्वास्थ्य परिक्षण, छटौ दिन ट्राफिक मातहतका सबै ट्राफिक प्रहरीसंग युनिटहरुसंग ट्राफिक सम्बन्धी आ — आप्नो वडा एरियामा माईकिङ र पर्चा पम्पलेट तथा स्टिकर टास्ने र सातौँदिन अथवा आईतबार निकाय तथा उत्कृष्ठ चालकहरुलाई सम्मान तथा कार्यक्रममको समापन गरिएको जिल्ला ट्राफिक कार्यालयका कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश बहादुर बिकले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले मुख्य राजमार्गमा रहेका सडकहरुपनि अतिक्रमण गरी घर बनेका,सडकमा बसेर ब्यापार गनर्,े छाडाचौपायाले अतिक्रमण गरेको कारणपनि दुर्घटना बढ्दो रहेको बताए । अधिकारीले ई निम्भुत समस्यालाई माधान गर्ने हो भने सडक दुर्घटनाको जोखिम कम हुने बताएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले गरेको कार्य सराहनिय रहेको बताए । विगतका दिनमा पनि यस्ता जनचेतना मुलक कार्य हुँदै आएको भएपनि सप्ताहव्यापी मनाई रहँदा सबैलाई धेरै व्यक्तीहरु यसबाट लाभदायी भएको उनले बताए ।

ट्राफिक प्रहरी शुदुरपश्चिम प्रदेश प्रमुख प्रहरी उपरिक्षक नेत्रमणि गिरीले ९० प्रतिशत सडक दुर्घटना चालक स्वयमको कारणले हुने गरेको दाबि गरका छन् ।प्रमुखले चालकले सवारी चलाउदा मोबाईल फोनको प्रयोग कम गरे र सवारी चलाउदा दिमागलाई यता कता नचलाई सवारीमा ध्यान दिनेहो भने दुर्घटना न्युनिकरण गर्ने सकिने बताएका छन् ।

त्यस्तै सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहमा बोल्दै महाकाली यातायात प्रालिका अध्यक्ष डम्मर पन्तले पुर्वधारका कुराहरु संसद देखि सदनसम्म भएपनि प्रगतिभने शुन्य रहको बताए । ११ लाख सवारी साधनहरु मेचि देखि महाकालीका सडकमा गुडेपनि विडम्बना बाजेको पालामा बनेका सडकहरुमा नातिहरुले सवारी साधन गुडाईरहदा मुख्ग दुर्घटनाको दोसी जिर्ण बनेका सडक नै मुख्य कारण भएको बताएका छन् ।

कार्यक्रमा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारी रहेका थिए भने भिमदत्त नगरपालिका नगर प्रवक्ता महेन्द्र खड्का ,वडा नम्बर ४ का वडा अध्यक्ष शुसील चन्द,लगाएतका जनप्रतिनिधि तथा यातायात व्यावसायी,अटो व्यावसायीहरुको उपस्थीती रहेको थीयो ।

ताजा समाचार

सम्बन्धित समाचार