Saturday, July 27, 2024

जंगली हात्तीले घर भत्काउदा बडुवाल टोलका चम्फाको परिवारको विचल्ली

प्रकाशित:

दोधारा । जंगली हात्तीको समूहले दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका चम्फा राईको घर भत्काएपछि विचल्ली भएको छ् । टिनको छाना लगाएर बनाएको घर भत्काएपछि अहिले उनको परिवारको विजोग भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

‘हात्तीले घर भत्काईदिएपछि छिमेकीको घरमा आश्रय लिएर बसेका छौ,’ चम्फाले भने । उनी हरेक दिन अर्काकोमा गएर ज्याला मजदुरी नगर्दा घरमा चुल्हो बल्दैन् । घरमा बसेर केही नभएपछि चम्फाका श्रीमान केही महिना अघि भारतमा ज्यालामजुरी गर्न गएका छन् ।

दुई नानी सहित चम्फा बडुवाल टोलमा बस्दै आएका छन् । घरमा भएका दुई छोरा छोरीलाई छाडेर उनी अर्काको मजदुरी गर्छन् । हात्तीले उनको घर भत्काएर उदांगो बनाएपछि उनलाई छाक टार्न संगै बस्नको समस्या छ् । अहिलृ सम्म कसैले घर बनाईदिउला भन्ने आशा पनि दिलाएका पनि छैनन् ।

केही दिन अघि पाएको खाद्यान्न पनि हात्तीले खाईदिएपछि उनलाई एक छाक टार्न समेत सकस भएको चम्फाले बताएका छन् । अर्काको घरमा शरण लिएर बसेका चम्फाको लत्ताकपडा पनि हात्तीले नष्ट गरिदिएपछि उनि र उनका सन्तान एक सरो लुगामा दिन बिताउदै आएका छन् ।

‘राती भएपछि प्रायस् सबै जना जागै बस्ने गछौ,’ अर्का स्थानिय महाविर क्षेत्रीले भने– ‘जगंलबाट वस्तीमा कति बेला हात्ती बस्तीमा पस्छ र कस्को ज्यान लिन्छ भन्ने हामी त्रासमा रहन्छौं ।’ यसरी हात्ती मानव बस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको तिन महिना बितिसकेको छ् । राज्यले कुनै प्रकारको सहयोग गरेको छ्ैन् ।

यो तिन महिनाको अवधिमा अहिले सम्म मानवीय क्षती भने भएको छैन् । दुई जना भने घाईते भएका छन् । हात्तीले घर–टहरा भत्काएर सर्वसाधारणलाई दुस्ख दिदै आएको छ् । विशषेगरी, जगंल क्षेत्र आसपासका वस्तीमा हात्ती आतंक कायमै छ् । पहिला बस्ती नजिकको खेतमा रहेको अन्नवाली खाने गरेको थियो ।

अहिले आएर खेतमा अन्नपात सकिएपछि घर तोड्न थालेको छ् । घरमा भएको खाद्यान्न, लुगाकपडा तथा भाडाकुडा नष्ट गर्ने गरेको स्थानियहरु बताउछन् ।

ताजा समाचार

सम्बन्धित समाचार