Saturday, July 27, 2024

कञ्चनपुरबाट करिब ११ लाख मूल्यका अवैध सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट नेपाल प्रहरीले करिब ११ लाख मूल्यका अवैध सामान बरामद गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिकाको वडा नम्बर ४ र १८ तथा वेदकोट नगरपालिकाको वडा नम्बर ७ बाट भन्सार छलीको १० लाख ९६ हजार ५ सय मूल्य बराबरका विभिन्न सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रकाश डाँगीले बताए।

विभिन्न किसिमका कपडा, जुत्ता, साडी, प्लास्टिकका झोला र गिलास तथा काठका चम्चा लगायतका सामान लुकाइराखेको अवस्थामा बरामद गरिएको उनले बताएका हुन्। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार