Saturday, July 27, 2024

न्याय माग्दा डर, त्रास र धम्की आए भारती शेर्पा

प्रकाशित:

काठमाडौँ — भारती शेर्पाले संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने योगराज ढकालको आममाफी बदर गरिदिएर सर्वोच्च अदालतले आफूलाई थप साहस दिएको बताएकी छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको उल्लेख गरिन् । आफ्नो टिमले कुनैपनि लोभ लालचमा नलागीकन सहयोग गरेकाले न्याय मिलेको उनले बताइन् ।

‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेका महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ’ उनले भनिन् ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पूर्वपत्नि भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार