Saturday, July 27, 2024

गुडिरहेको मोटरसाइकलमा ढुंगा प्रहार, चालक ठहरै

प्रकाशित:

अछाम । गुडिरहेको मोटरसाइकलमा १ किशोरले ढुंगा हान्दा अछाममा १ व्यक्तिको मृत्यु भएको छ ।गत शनिबार पञ्चदेवल बिनायक नगरपालिका–८ स्थित बारला बजारबाट दैलेखतर्फ जाँदै गरेको क।प्र।०२००१प।६२४८ नम्बरको मोटरसाइकललाई सोही ठाउँ बस्ने १५ वर्षीय किशोरले ढुंंगा प्रहार गर्दा गम्भीर घाइते व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ढुङ्गा प्रहारबाट घाइते भएका पञ्चदेवल बिनायक नगरपालिका–८ तिखापातल बस्ने १७ वर्षीय दिपेन्द्र शाहीको उपचारको क्रममा आज ९शुक्रबार० बिहान मृत्यु भएको प्रहरीको भनाई छ ।स्वास्थ्य चौकी बारला हुँदै प्रादेशिक अस्पताल सुर्खेतमा थप उपचारको क्रममा दिपेन्द्रको मृत्यु भएको हो ।ढुंगा प्रहार गर्ने किशोरलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार