Saturday, July 27, 2024

कञ्चनपुरमा क्यासिनोमा संचालनमा रहेका भारतीय गाडिको बिगविगि

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुर जिल्लामा भारतीय नम्बर प्यलेट गाडिको बिगविगि रहेको छ । कञ्चनपुर जिल्ला छिमेकी देश भारत निकट रहेकोले अक्सर महेन्द्रनगर बजारमा भारतीय नम्बर प्यलेटका गाडि नेपाली गाडि भन्दा पनि बढी मात्रामा कुदेको देख्न सकिन्छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको महेन्द्रनगर बजार तथा आसपासमा रहेका क्यासिनो हरुले भारतीय ग्राहक भित्ताउनको लागि भारतीय नम्बर प्यलेटका गाडिको प्रयोग गर्ने गरेका छन् । तर आफ्नो ब्यापार ब्यावसायका लागि क्यासिनोको प्रयोगमा आएका भारतीय नम्बरका गाडिको भने गड्डाचौकी सिमाना वारपार गर्दा समेत नत कोही सुविधा छ नत भन्सार ! गड्डाचौकी ब्यारियलमा प्रत्येक सय मिटरको दुरीमा नेपाल प्रहरी,सिमा सुरक्षाबल सशस्त्र प्रहरी,टा«फिक प्रहरी र भन्सार कर्मचारी रहेका छन्।

चारवटै जिम्मेवार निकाय ब्यारियलमा रहदा समेत होटल ओपेरा, क्यासिनो,डाइमन्ड क्यासीनो लगाएतका भारतीय नम्बरका गाडिको नत सुबिधा नत भन्सार  सहित प्रत्येक दिन भारतीय नम्बर प्यलेट भएका क्यासीनोको गाडिहरुले गड्डाचौकी देखि महेन्द्रनगर बजार सम्म १५ देखी २० चक्कर लगाईएको पाईन्छ ।नत तिनिहरुलाई भारतीय गाडि नेपाल भित्तयाउने नियमकानुन लागेको छ नत ब्यारीयलमा रहेको चारै तहका निकाय जिम्मेवार छन् ।

कुनै नेपाली नागरिक भारतीय स्थानिय बजार बनबासा जादा समेत भारतीय एसएसबिले नराम्रो संग दुख दिने गरेको समस्या ताजै रहेको पाईन्छ भने भारतीय नम्बर प्यलेटका गाडी सुविधा तथा भन्सार विनै महेन्द्रनगर तथा आसपासका क्षेत्रमा प्रकृयायाविना नै घुमीरहदा सम्बन्धीत निकाय मौन देखिएको पाईन्छ । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक नरेश बिकले यदि कुनै भारतीय नम्बर प्यलेटका गाडिहरुले नेपाल सरकारले सीतैमा प्रदान गरेको सुबिधा पनि नकाटि सिमाना वार–पार गरिरहेका छन् भने त्यस्ता गाडिहरुलाई पहिचान गरी जरीवाना सहित कारवाहि गरीने बताएका छन् ।

बिकले सुविधा लिने वा भन्सार काट्ने वा नकाट्ने सो सम्बन्धी गड्डाचौकिमा रहेको ट्राफिक प्रहरी पोष्टमा रहेका प्रहरी कर्मचारीहरुलाई समेत सचेत गराएको बताएका छन् ।
भन्सार ऐन तथा नियमावली २०६४ तथा आर्थीक ऐन २०८० अनुसार भारतीय नम्बर प्यलेटका गाडिहरुले नेपालमा आउदा अनिवार्य रुपमा ईजाजत लिनुपर्ने कानुनी व्यावस्था रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार