Saturday, July 27, 2024

पश्चिमी सिमावर्ती नाका गड्डाचौकीमा भारतीयबाट नेपाली लुटिदै सरोकारवाला निकाय बेखबर

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुरको सिमानाका गड्डाचौकी बाट नेपाल फर्किने प्राय नेपाली दिनप्रतिदिन लुटिन थालेका छन् ।नजिकिदै गरेको चाडपर्व दशै,तथा तिहारको लागि भारतको विभिन्न ठाउँबाट रोजगारी गरी नेपाल फर्केका नेपालीहरु भारतीय अटो,मुद्रे यातायात,तथा जिब चालकहरुबाट नराम्रो संग लुटिएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपालमा रोजगारी नहुदा लालाबाला सहित हातमुख जोर्न भारतको विभिन्न शहर,दिल्ली,गुजरात,हिमाञ्चल,महाराष्ट्र,सुरत,बेङलोर,देहरादुन फरिदाबाद,केराला,पुना,चन्डिगढ,गड्वालमा गएका सुदुरश्चिका प्राय नेपाली भारतीय बनबासा बजारबाट गडचौकी नाका हुदै नेपाल भित्रिने गरेको पाईन्छ । चाडपर्व सुरु भएसंगै गड्डाचौकी  नाकाबाट दैनिक जसो हजार देखि बाह्रसयको को हाराहारीमा नेपाली हरु नेपाल भित्रिरहेको एक तथ्याङकले देखाएको पाईन्छ ।

  पालमा रोजगारकिो अवसर नपाएपछि परदेशमा श्रम बेच्च बाध्य भएका नेपालीहरुले चाडपर्वको मौका छोपेर देश फर्केन लाग्दा समेत सीमानामा भारतीय मानिसहरुबाट लुटिनुपर्ने समस्या भने जस्ताको त्यस्तै रहेको छ ।तर सम्बन्धीत निकायको भने लुटिएका नेपाली प्रति कुनै चासो नभएको देखिएको पाईन्छ । आईतबार भारतीय शहर बनबासा बाट गडचौकी सम्म आएका नेपालीहरुबाट अटो तथा जिब चालकहरुले प्रत्येक ब्याक्ति ३ सय भारतीय रुपैयाका दरले गाडिभाडा असुलेको कामको सिलसीलामा भारतको दिल्लीबाट बाजुरा जान लागेका शंकर औजीले बताए।भारतीय अटो तथा जिब चालकहरुले बसबाट बनबसा बजार नरोकिदै जबरजस्ती लछार पछार गर्दै अटो तथा जिबमा पेल्ने गरेर दुखं समेत दिनेगरेको गुनासो गरेका छन् ।

 

पर ब्यक्तिको ३ सय भारु असुल्ने जिब चालक तथा अटो चालकहरुले साथमा ल्याएको सरसमानको समेत छुट्टै भाडा असुल्ने धन्दा चलाएको औजिले आभाषकुञ्जलाई बताए ।त्यस्तै रोजगारीको सिलसीलामा भारतको सीमलाबाट आएका गणेश खड्काले गाडिवालाले लुट्ने जटिल समस्या एकातिर छ भने भारतिय एसएसबि मा ३ घन्टा सम्म पालो कुरेर लाईनमा बसेको समस्या निकै जटिल रहेको गुनासो पोखेका छन् ।

उनले भने नेपालीहरुलाई त भारतीय एसएसबीहरुले पाकिस्तान बाट बम गोला बोकेर आएका आतङ्कबादि हुन कि! भन्ने जस्तोल ब्यावहार गर्ने गरेको गुनासो गरेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका पुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले भने चाडपर्वलाई मध्यनजर गर्दै सिमानाकामा हुने विभिन्न समस्याको समाधानको सहजताको लागि सशस्त्र प्रहरी बिओपि गड्डाचौकी संग सहकार्य भईसकेको बताएका छन् ।

अधिकारीले सिमा ईलाकाहरुमा हुने चोरी तस्करी,लागु औसध ओसारपसार, विषेश त चाडपर्वको समयका भारतबाट नेपाल आउने नेपालीहरुको शान्त्ति शुरक्षालाई मध्यनजर गर्दै,सिमाबाट आवत जावत गर्ने नेपालीहरुको सहजताका लागि प्रबन्ध मिलाई सकेको बताएका छन् ।नेपालीले भारतीयहरुबाट दुख पाउने समस्याको साधानको लागि पुन विओपि गड्डाचौकीलाई सक्रिय बनाउने आदेश दिने बताए अधिकारीले बताए ।

सिमानाका समस्या विवाद तथा शान्ति सुरक्षाका विषयका दुई देशविचका सुरक्षा अधिकारी होस या दुई देशका सरकार विच समन्वय तथा सहकार्य भएता पनि सर्वसाधाण नेपालीले सिमानाकामा भोग्नु पर्ने समस्यामा भने कुनै सुधार हुनसकेको छैन ।

 

ताजा समाचार

सम्बन्धित समाचार