महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट १५ जना जुवाडे पक्राउ परेका छन् ।

आइतबार राति ११ बजे कृष्णपुर–५ गुलरिया बजारमा रहेको ४५ वर्षीय दिनेश पनेरुको त्रिपूरा मदिरा विक्री वितरण केन्द्रभित्र उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐरले बताए ।

उनीहरूको साथबाट ४ गड्डी ताससहित २ लाख ७७ हजार ५०५ नगद रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।