Saturday, July 27, 2024

लागुऔषध विरुद्ध महाअभियान अन्तर्गत दोधारा-चाँदनीमा प्रहरीको सचेतना कार्यक्रम

प्रकाशित:

पप्पु गुरुङ्ग ।
दोधारा । लागुऔषध बिरुद्ध महाअभियान अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा प्रहरीले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लागुऔषध बिरुद्ध महाअभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले लक्ष्मी माबिका बिद्यार्थीहरुको सहभागितामा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको प्रहरीले जनाएको छ ।

लक्ष्मी माबिका कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई लागुऔषध नियन्त्रण, आत्महत्या, साईवरक्राईम, मानव बेचबिखन नियन्त्रण सम्बन्धमा सचेतना गरिएको हो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरी, दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य सन्दीप उपाध्याय, बाबाथान प्रहरी चौकीका ईन्चार्ज पदम सिंह साँउद लगाएत बजार ब्यवस्थापन समितिका पदाधिकारी, बिद्यार्थी तथा शिक्षकको बाक्लो उपस्थिती रहेको थियो ।

पछिल्लो समयमा आपराधिक घटनामा वृद्धि भएपछि न्यूनीकरण गर्न दोधारा चाँदनी नगर क्षेत्रमा नेपाल प्रहरीले ब्यापक जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाँउ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ सुरु गरेको अभियानलाई कार्यान्वयन गर्न दोधारा चाँदनी नगरपालिकाको बिभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रम नेपाल प्रहरीले संचालन गर्दै आएको छ ।

समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक अभियानलाई प्रहरीले विद्यालय देखि हरेक टोल, बस्ती सम्म पुगाएको छ ।

No description available.

लागुऔषध दुव्र्यसन तथा ओसारपसार रोक्न समुदाय प्रहरी साँझेदारी अन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागु औषधविरुद्ध सचेतना कार्यक्रम अगाडी बढाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जनाएका छन् ।

विकराल समस्याको रुपमा लागुऔषध, आत्महत्या, साईवरक्राईम, मानवबेचबिखन रहेकाले यसको रोकथामका लागि विशेष अभियान सञ्चालन गरेको प्रहरी निरिक्षक चौधरीले बताए ।

महिला तथा बालबालिका माथी हुने अपराधलाई मुख्य प्राथमिकता दिएर प्रहरीले त्यसका लागि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समुदाय प्रहरी साँझेदारी अन्तर्गत जनचेतनमुलक कार्यक्रम संचालन गर्दै आएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताएका छन् ।

एक तथ्यांक अनुसार आत्महत्या, लागुऔषध, मानव बेििचबखन, साईवर क्राईम घटना वृद्धि हुदै गर्दा प्रहरीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा न्युनिकरणका लागी अभियानहरु संचालन गर्दै आएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार