Saturday, July 27, 2024

बडवाल टोलमा रोकिएन हात्ती आतंकः जनप्रतिनिधि फेरिए, पीडा ज्यूँका त्यूँ

प्रकाशित:

-पप्पु गुरुङ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा । दोधारा चाँदनीको बडुवाल टोलमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन् । दोधारा चाँदनी नगरपालिका– ३ भारत जंगल संग जोडिएको बडुवाल टोलमा हात्तीले किसानले लगाएको अन्नबाली नष्ट गर्ने, घर नजिक आएर घरलाई भत्काउने गरेका करण स्थानीय बासिन्दा त्रसित हुदै आएका छन् ।

घर नजिकै रहेको भारतीय जंगलबाट हात्तीको बथानले अन्नबाली संगै घर भत्काउन थाले संगै डरले स्थानियहरुले घर नजिकै रात्रीको समयमा ठूलो उज्यालो गर्ने बत्ती जलाउने गर्दै आएका छन् ।

बडवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तुबीच द्वन्द्व चलिरहेको छ् तर, उनीहरुको पीडा सुन्न कोही तयार देखिन्न् ।

हात्तीको हुल वर्षेनी आउदै गर्दा तिन वर्ष अघि मात्रै संघीय सरकारको बजेटले बडवाल टोलमा ११ थान सौर्यबत्ती जडान गरेको थियो । जडान गरिएको सौर्यबत्ती बिग्रीएको छ।

हात्तीबाट जोग्गिन संघीय सरकारले सौर्यबत्ती जडान गरेपनि मर्मत, संभारको अभावमा सौर्यबत्ती बेकामे भएको स्थानीयहरुको भनाई रहेको छ ।

हात्ती बस्तीमा पस्दा अन्धकारमा ज्यान बचाउन सहजताको कारण सौंर्यबत्ती जडान गरिएको थियो । स्थानीय किसानहरुको खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ ।

यो क्रम अझै सम्म नरोकिएको स्थानीयबासी आशा रानाले बताए । बडुवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातीको समयमा आउने हात्तीको बथानले विगत लामो समय देखि सताउनु सताएको छ।

खेतमा अन्नवाली हरियो हुन थालेपछि बडुवाल टोलमा हात्तीको ठूलो हुल रातीको समयमा पस्छ्  । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ्  । यो हिजो आजको मात्रै समस्या हैन्  ।

विगत लामो समय देखि बडवाल टोलबासीको हात्तीको त्रासद्धिबाट आजित छन्  । खेतमा अन्नवाली हरियो भएसंगै हात्तीको बथानले खेतीलाई खाएर, उधनेर नष्ट गर्दै आएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी रानाले बताए ।

झण्डै २ महिना देखि फेरि हात्ती धपाउन रातको समयमा स्थानीयहरु जाग्रम बस्दै आएका छन् । समूह–समूहका जम्मा भएर अबेर राति सम्म स्थानीयहरु हात्ती धपाउदै आएका वडा सदस्य लक्ष्मी रानाले बताए ।

‘जंगली हात्ती राति सुतेको बेला आएर घरमै आक्रमण त्रास बढ्दो छ’, वडा सदस्य लक्ष्मी राना भन्छिन्, ‘कतिबेला सुतेको बेला आएर हात्तीको हुलले एकै गाँस बनाउने हो थाहै छैन ।’ गएराति पनि ठुलो मात्रामा धानवाली हात्तीले नष्ट गरेको स्थानीयहरु बताउछन् ।

२०५५ सालमा दोधारा चाँदनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा वन्यजन्तुबाट जिउधनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो ।

वन्यजन्तु संरक्षण संगै आयआर्जन कार्यक्रमबाट खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । तर मध्यवर्ती क्षेत्र घोषणा गरेको तिन दशक बढी बित्न लाग्दा पनि वन्यजन्तुले गर्दै आएको क्षतिको विषयमा सरोकारवालाले स्थानीय किसानहरु खासै राहत तथा क्षतिपूर्ति नदिएको स्थानीयबासीहरुको गुनासो छ ।

ताजा समाचार

सम्बन्धित समाचार