Saturday, July 27, 2024

कञ्चनपुरमा जब भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरियो…

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरमा एक वडा कार्यालयले भारतबाट आएका भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको छ । कञ्चनपुर पुनर्वास नगरपालिका–८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडाध्यक्ष राना श्रवणले भारतीय नागरिक किटप्पालाई नेपाली नै प्रमाणित गरीदिएका हुन् । वडाध्यक्षले कानुनविपरीत भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएपछि यो बिषय बिवादमा परेको छ ।

भारतको मदुराई गाँउका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा नेपालमै जन्मिएको प्रमाणित गरिदिएपछि वडा कार्यालय विवादमा परेको हो। ४४ बर्षिया भारतीय नागरिक किटप्पालाई वडाले गत बर्ष नेपालमै जन्मिएको प्रमाणित गरेर गैर कानुनी काम गरेको छ ।

जबकी किटप्पा भारतमै जन्मिएको र भारतीय नागरिक हुन । वडाध्यक्ष राना श्रवणले १९ फागुन ०७९ अर्थात ३ मार्च ०७९मा नेपालमै जन्मिएको प्रमाणित गरिदिएको तथ्य बाहिरिएको छ ।

किटप्पा सन १९८० अप्रेल ३ अर्थात चैत्र २६ २०३६ भारतमै जन्मिएका थिए । भारतीय नागरिक बालमुर्गन किटप्पाको आयकर विभागको परिचय पत्रमा समेत ३ मार्च १९८०मा जन्ममिति राखिएको छ ।

भारतीय नागरिकलाई नागरिकता दिलाउन जन्ममिति प्रमाणित गरिदिएपछि स्थानीयले वडाध्यक्षका गतिबिधी शंस्कापद भएको भन्दै छानबिनको माग अघि सारेका छन ।

यसरी भारतीय नागरिकलाई नेपालमा जन्मिएको प्रमाणित दिने कार्य गैर कानुनी एव राष्ट्रघात भएको भन्दै छानबिन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका हुन।

पुनर्वास नगरपालिका ८ का वडाध्यक्ष राना श्रवणले उक्त विषयमा आफुमाथि केही षड्यन्त्र भईरहेको बताए । उनले आफुले जानीजानी प्रमाणित नगरेको र बाहिर आएको पत्रको पुरै प्रमाण कार्यालयमा पनि नभेटिएको बताए ।

म माथि भईरहेको षड्यन्त्र हो म पनि कार्यालय पुगेर छानबिन गर्छु उनले भने । यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उक्त विषयमा छानबिन भईरहेको बताए ।

उनले भारतीयलाई नेपालमै जन्म भएको प्रमाणित गरेको विषयमा हामी छानबिन गरिरहेको प्रजिअ अधिकारीले बताए । प्रजिअ अधिकारीले नागरिकता बारे नयाँ व्यवस्था सम्बन्धी पालिका जनप्रतिनिधीसंग अभिमुखिकरण गरिने बताए । जो दोषि भेटिए कार्बाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार