Saturday, July 27, 2024

भारतबाट घर फर्किदा बैतडीको एक होटलमा बास बसेका नेपाली मृत फेला

प्रकाशित:

बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट बजारस्थित होटेलमा एक नेपाली मृत फेला परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बझाङको छबिस पाथिभेरा गाउँपालिका– ७ बुडखोरीका ३३ वर्षीय हिक्मत धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडी सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

जिल्लाको दशरथचन्द नगरपालिका–८ स्थित नेपाल–भारत सीमामा पर्ने झुलाघाट बजारको बोहरा होटेलभित्र एक ३३ वर्षीय युवक मृत फला परेका हुन् ।

भारतको अलमोडाबाट काम गरेर स्वदेश फर्किएका युवक गएराति बोहरा होटेलमा बास बेसका थिए । सुतेकै अवस्थामा होटेलको माथिल्लो तलाको कोठामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

धामीको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीको टोली घटनास्थलमा पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार