महेन्द्रनगर । शसस्त्र पहरीले ५१ हजार बराबराको प्रतिबन्धित भारतीय बोईलर कुखुरा र विषादियुक्त तरकारी पक्राउ गरेको छ । शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण मातहतको शसस्त्र प्रहरीको बोर्डर आवट पोष्ट(बिवपी) दोधारा चाँदनीको टोलीले मंगलबार प्रतिबन्धित भारतीय बोईलर कुखुरा र विषादियुक्त तरकारी पक्राउ गरी नष्ट गरेको हो ।

शसस्त्र प्रहरी ३५ नम्बर शैलेश्वरी गणका अनुसार पछिल्लो समय शसस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्रबाट भन्सार छली,चोरी पैठारी गरी ल्याएका समान बरामद गर्दै भन्सार चलान गर्दै आईरहेको छ ।
