Saturday, July 27, 2024

कञ्चनपुरमा बलात्कारको आरोप लागेका एमाले नेता रानालाई पार्टीबाट निलम्बन

प्रकाशित:

किशोर तामाङ ।
पुर्नवास । गाँउकै बहिनी सरह एक युवतीलाई जागिर दिलाईदिन्छु भन्दै अनेकन प्रलोभन देखाएर यौनशोषण गरेर बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एमाले कञ्चनपुरका युवा नेता अमर रानालाई पार्टीबाट कार्वाही गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एमाले लालझाडीका प्रभावशाली नेता अमर रानाले गाँउकै २२ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा मुद्दा दायर भएपछि एमाले पार्टीले रानालाई कार्बाही गरेको हो ।

एमाले लालझाडीले एक प्रेस विज्ञप्ती जारी गर्दै मुद्दाको किनारा नलागुन्जेलसम्म निलम्बन गरिएको जनाएको छ ।

एमाले लालझाडीका अध्यक्ष ओम प्रकास रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा मुद्दाको टुङगो नलाग्दासम्म अमरलाई कार्वाही गरिएको जनाएको छ ।

मुद्दा दर्ता गर्न किन गएको भन्दै अमर रानाले आफुमाथि कुटपिट गरेको भन्दै अर्का युवक रोहित बडायक प्रहरीमा पुगेका छन ।

एमाले नेतृत्वको लालझाडीमा स्थानीय सरकार भएकाले एमाले नेता अमर रानाले युवतीलाई जागिर दिलाईदिन्छु भन्दै लोभलालसा देखाएर बलात्कार गरेको पीडित परिवारको दुखेसो छ ।

एमाले लालझाडीले केही अनलाईन मिडियाले अमर राना पाटी सुप प्रदेश सदस्य भन्दै अर्नगल प्रचारबाजी गरेको भन्दै आपत्ति जनाएको छ ।

एमालेले महिला हिंसा बढ्यो, महिलामाथि बलात्कार, जबरजस्तीकरणी बढ्यो, सरकारले बलात्कारीलाई कार्वाही नगरेको भन्दै बिरोधका लागि बिरोधमा उत्रिरहेका बेला यसरी एमाले नेता कार्यकर्ता नै बलात्कारको धन्दामा फसेपछि एमालेलेलाई संकट परेको छ ।

महिला अधिकारकर्मीले समेत एमाले नेता कार्यकर्ता नै बलात्कारकाण्डमा मुछिएपछि महिला अधिकारको हुर्मत दिने अधिकारकर्मी चुपचाप बसेको भन्दै आलोचना गरिरहेका छन ।

आफ्ना पार्टीका मुछिदा चुपचाप अरु पार्टीका नेतामाथि आरोप लाग्दै गर्दा केही पार्टी निकट महिला अधिकारकर्मीले मुद्दा बनाउँदै आएको दुखेसो छ ।

ताजा समाचार

सम्बन्धित समाचार