Saturday, July 27, 2024

कञ्चनपुरका एमाले नेता राना बिरूद्ध २२ वर्षिय किशोरीले दिइन जबर्जस्ती करणीको मुद्दा

प्रकाशित:

-किशोर तामाङ ।
पुनर्वास । कञ्चनपुरको लालझाडी गाउँपालिकाका एमाले नेता अम्मर सिंह राना माथि जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेकपा एमाले प्रदेश कमिटि सदस्य अम्मर सिंह राना बिरूद्ध २२ बर्षीय एक किशोरीले आफुलाई पटक पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेकी हुन् ।

पिडित किशोरीले आफुलाई धाक धम्की एवं त्रास देखाई पटक पटक यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

पटक पटकको जबर्जस्ती करणी पश्चात गर्भ बस्न पुगेपछि एमाले नेता रानाले प्रत्यक्ष भेटेर तथा फोन गरेर आर्थिक प्रलोभन देखाउँदै गर्भपतन गर्न, जबर्जस्ती गरेको कुरा गोप्य राख्न दवाव दिएको पिडित किशोरीले बताउदै आएकी छिन् । कुरा ‘लिक’ गरे आफूलाई मार्ने धम्की समेत रानाले दिदै आएको किशोरी बताउछिन् ।

पिडित किशोरीका बुबाका अनुसार– गाउँको विवाद गाउँमै समाधान गर्नुपर्छ, बाहिर लैजानुहुन्न भन्दै पिडक नेता रानाले निकै दवाव दिदै आएका थिए । यद्यपी आफ्नो छोरी माथि भएको जबर्जस्ती करणी जस्तो जघन्य अपराध गाउँमै मिलाउन नहुने र यसो गरिएमा कालान्तरमा नराम्रो असर पर्ने समेत उनको तर्क छ ।

‘यूतो प्रकृतिको घटना आज मेरो घरमा घटेको छ । भोली कोही अर्को गाउँलेको घरमा घटना दोहोरिन सक्छ । त्यसैले यस्ता खालका घटनाहरु समाजमा पुनः दोहरिनु हुदैन भनेर प्रहरीमा मुद्धा दर्ता गरेका छौं ।’ पिडित किशोरीका बुबाले भने ।

जवरजस्ती करणीबाट छोरीको मानवीय, मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, एवं सामाजिक आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी पिडक रानालाई कडा भन्दा कडा कारबाहीको माग गरेका उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका तर्फबाट दर्ता गरिएको उक्त मुद्दामा मुलुकी अपराध संहितामा जबरजस्ती करणी गरेमा हुने सजायका अतिरिक्त सार्वजनिक पद धारण गरी कसुर गरेको भन्दै थप सजाय हुन सक्ने बताउँदै घटनामा संलग्न आरोपीलाई कानुन बमोजिम कारवाही हुन्छ, दर्ता भएको निवेदनलाई कारबाहीको लागि अगाडिी बढाउन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएका पीडक राना २०७४ सालको स्थानीय निर्वाचनमा लालझाडी गाउँपालिकामा वडा नं ३ का नेकपा एमालेको तर्फ बाट वडाध्यक्ष पदका उम्मेदवार हुन भने हाल उनी नेकपा एमाले प्रदेश कमिटी सदस्य हुन् ।

यस्तो छ, कानूनी व्यवस्थाः
१० वर्षभन्दा कम उमेरका बालिकालाई जबर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजायँ हुन्छ ।

१० वर्ष वा सोभन्दा माथि तर १४ बर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मानिसलाई ८ वर्षदेखि १२ वर्षसम्म कैद सजायँ हुन्छ ।

१४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकी बालिकालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ६ बर्षदेखि १० बर्षसम्म कैद सजायँ हुन्छ ।

१६ बर्षभन्दा बढी र २० बर्षभन्दा कम उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्ने मान्छेलाई ५ बर्षदेखि ८ बर्षसम्म कैद सजायँ हन्छ ।

२० बर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जवर्जस्ती करणी गरेमा त्यस लोग्नेमान्छेलाई ५ बर्षदेखि ७ बर्षसम्म कैद सजाय हुन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार