Saturday, July 27, 2024

पेशागत महासंघ सुदूरपश्चिमको अध्यक्षमा भट्ट निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कञ्चनपुरका शिक्षक अगुवा नेता दामोदर भट्ट चयन भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेकपा एमाले निकट पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा शिक्षक भट्ट र महासचिवमा बंकैका म्यानेजर र कमल बहादुर चन्द निर्बिरोध चयन भएका हुन ।

त्यस्तै उपाध्यक्ष बद्री प्रशाद भट्टराई, महिला उपाध्यक्ष राधिका पन्त, सचिव श्याम खडका, महिला सचिव प्रतिभा भण्डारी, कोषाध्यक्ष बिन्दु चन्द, सदस्यहरुमा शुशिला सिह चन्द, महेश्वरी विष्ट, चन्द्रकाला चन्द, शेरसिंह धामी, गोबिन्दराज जोशी, तारा प्रशाद भट्ट, गगन चन्द, भीम बहादुर खडका चयन भएको नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिमका महासचिव महादेव जोशीले बताए ।

पेशागत महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चयन भएका दामोदर भट्टले पेशागतकर्मीको हकहितका साथै अधिकारका लागि पैरवी गर्ने जनाएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार