Saturday, July 27, 2024

शिक्षक कुटपिट प्रकरणः सिडिओले गरे सहायक सिडिओको नेतृत्वमा ४ सदस्यीय छनबिन समिति गठन

प्रकाशित:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालयले कञ्चनपुले जिमुवा शिक्षक कुटपिट प्रकरणमा ४ सदस्यीय छानविन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा जिमुवा शिक्षक कुटपिट प्रकरणका लागि ४ सदस्यीय छानविन समिति गठन गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा निकायको बैठकले घटनाको सत्य तथ्य छानविको लागि जिल्लाका ३ वटै सुरक्षा निकायका पदाधिकारी सदस्य रहने गरी छानविन समिति गठन गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले आभाषकुञ्जलाई बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी संयोजक, नेपाल प्रहरी, सदस्य, शसस्त्र प्रहरी बल सदस्य, राष्ट्रिय अनुसन्धान ब्युरो जिल्ला कार्यालय सदस्य रहने गरी छानविन समिति गठन गरिएको अधिकारीले जानकारी दिएका छन् ।

समितिले शिक्षक विरेन्द्र प्रशाद जोशीलाई विद्यालबाट पक्राउ गर्ने क्रममा प्रहरीको नियन्त्रणमा रहेको अवस्थामा भिडले कुटपिट गरेको, कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्ने विषय सम्बन्धीत प्रहरी कर्मचारीबाट कमजोरी/लावरवाहि भए नभएको, के कस्तो कमजोरी भएको हो ? तथा उक्त कुटपिटमा संग्लनलाई नियन्त्रणमा नलिएको भन्ने बसझिएकोले उक्त बिष्यमा छानबिन गर्नका लागि छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार