Monday, April 22, 2024

जिमुवा शिक्षक कुटपिट प्रकरणः आरोपित थप ३ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । शिद्धनाथ माध्यमिक विद्यालय जिमुवामा कार्यरत शिक्षक तथा लेखापाल बिरेन्द्र प्रसाद जोशी कुटपिट घटनामा संलग्न थप ३ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।आईतबार बजारमा लुकिछिपि बसिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनीश बिष्ट, शुक्लाफाटा नगरपालिकाका वासिन्दा दिपक भन्डारी,मनोज नाथ रहेका छन् ।प्रहरीले घटनामा संलग्न देखिएका ७ जनालाई पक्राउ गरेको छ भने आरोपित करण पाल नाम गरेका १ जना व्याक्ति भने अझै प्रहरीको फरार सुचिमा रहेका छन् । फरार आरोपित करन मल्ललाई प्रहरीले तिव्र रुपमा खोजि गरिरहेको जिल्ला प्हरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगकिो भनाई रहेको छ।

।कुटपिटबाट घाईते पक्षले स्थानिय करन मल्ल,मनिष विष्ट,दिर्घराज पाण्डे,आशिष टमटमा,नन्दी नाथ मनोज तिरुवा,करण ओखेडा र शुक्लाफाटा नगरपालिकाका वासिन्दा दिपक भन्डारी विरुद्ध किटानि जाहेरी दर्ता भएको थियोप्रहरीले पक्राउ गरेका र फरार रहेकाहरुलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी मुद्धा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार