Saturday, July 27, 2024

कञ्चनपुरमा नदिमा डुबेर एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा नदिमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट बस्ने ७० वर्षीय गौरी देवी महरको मृत्यु भएको हो । आईतबार मोहना नदिमा नुहाउने क्रममा डुबेर महराको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताएका छन् ।

मृतक महरालाई सशस्त्र प्रहरी बल नम्बर २५ शैलेश्वरी को बिपद् ब्यावस्थापनको टोलिले खोज तलासि गरी मृत अस्थामा फेला पारेको थियो ।मृतक महराको शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार