Saturday, July 27, 2024

हतियार साथमा लि १४ घन्टा देखी हराएका एसएसबीका जवान यस्तो अवस्थामा परे फेला

प्रकाशित:

महेन्द्रनगर । दोधारा चाँदनी पारि हतियारसहित बेपत्ता भारतीय सुरक्षा बल (एसएसबी) का जवान १४ घण्टापछि फेला परेका छन्। भारततर्फ मेलाघाटस्थित एसएसबीको कम्पनीबाट आइतबार राति १० बजेतिर हतियारसहित फरार जवान सोमबार दिउँसो जंगलमा भेटिएका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कम्पनीनजिकै जंगलमा सोमबार दिउँसो करिब १२ बजेतिर ती जवान हतियारसहित भेटिएको स्रोतले जनाएको छ। राति कम्पनीबाटै हतियारसहित जवान बेपत्ता भएपछि एसएसबीले नेपालतर्फ भाग्न सक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी र नेपाली भूमिमा खोजीका लागि सशस्त्र प्रहरीलाई खबर गरेका थिए।

सशस्त्र प्रहरी र जनपद प्रहरीले दोधारा चाँदनीको नेपाली सीमा सिल गरेर नाकामा निगरानी गरेको थियो। सोमबार दिउँसो १२ बजेतिर १४ घण्टापछि कम्पनीनजिकै जंगलमा हतियारसहित जवान सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

‘एसएसबी हतियारसहित हराएपछि हामीलाई राति नै जानकारी गराइएको थियो, यता आएको आशंकामा सीमा क्षेत्रमा खोजी ग¥यौँ,’ उनले भने, ‘अहिले एसएसबीले भारतीय भूभागमै सकुशल फेला पारेको खबर गरेका छन्।’

कम्पनीमा ड्युटीमा खटिएका जवान फरार हुनुको कारण खुल्न सकेको छैन। हतियारसहित कम्पनीबाटै जवान फरार भएपछि एसएसबीमा खैलाबैला मच्चिएको थियो। अहिले एसएसबीका डीआईजी नै कम्पनीमा पुगेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार