Saturday, July 27, 2024

लागुऔषध नियन्त्रणमा प्रहरी निरीक्षक मल्लको सकृयता, अहिले सम्म ८ भारतीय सहित ४२ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर स्थित पुनर्वास (बेलौरी क्षेत्रमा नेपाल(भारत खुल्ला सिमा र सयौँ स(साना चोरी बाटो प्रयोग गर्दै नजिकै को भारतीय बजार खजुरिय र बसाही बजारमा घरायसी सरसामान खरीद गर्न जाने गर्दछन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

खुल्ला सिमा र दैनिक आवतजावतमा लागुऔषध प्रयोगकर्ताहरु पनि उक्त बजारमा सहजै रूपया खरीद तथा सेवन गर्न सकिने भएको हुँदा अधिकांश प्रयोगकर्ता र ब्यपारीले पुनर्वास बेलौरी क्षेत्रको बाटो प्रयोग गर्दै दिनहुँ झै कैलाली र सुदूरपश्चिम का पहाडी जिल्ला हरूमा समेत लागुऔषध ओसारपसार हुने गरेको सीमावर्ती स्थानियहरू बताउछन् ।

आज पनि पुनर्वासमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा सादा पोशाकमा खटिएका प्रहरी जवान नरेश बोहरा र महेश विष्टको टोलीले पुर्नवास नगरपालिका वडा नम्बर ४ को कार्गिल डाँडामा भारतको बसहीबाट नेपाल आउदै गरेका जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ५ मटियारी बस्ने वर्ष २९ को लक्ष्मण खड्का र वर्ष २० को आदित्य चौधरीलाई लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका हुन् ।

उनीहरू शंका लागी चेकजाँच गर्दा आदित्य चौधरीको साथबाट कालो प्लाष्टिकमा बेरेर राखेको प्लाष्टिक सहित तौल गर्दा १।१५ ग्राम र शुद्ध तौल गर्दा ८४० मिलिग्राम ला।औ। ९खैरो हेरोईन० फेला पारी निजहरुको साथमा भएको सु।प। प्र।०१।००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत बरामद गरी दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।

पछिल्लो समयमा लागुऔषध दुर्बसन रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले सक्रियता बढाए संगै दिनहुँ झैं लागुऔषध प्रयोगकर्ताहरु नियन्त्रणमा लिने क्रम जारी छ। ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको पछिल्लो तथ्याङ्कमा उल्लेख भएका लागुऔषध सम्बन्धी मुद्दामा आर्थिक वर्ष २०७९र०८० मा ३७ जना र आर्थिक वर्ष ०८०र०८१ मा ५ जना गरि जम्मा ४२ जना लाई लागुऔषध सहित पक्राउ गरी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक मल्ल ले जानकारी दिए। मललाका अनुसार पक्राउ परेका मध्ये ८ भारतीय नागरिक रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार