Saturday, July 27, 2024

जागबुढा नदिमा फसेका बालबालिकाको शसस्त्र प्रहरी द्धारा उद्धार

प्रकाशित:

महेन्द्रागर । शसस्त्र प्रहरीले मायापुरी जंगलको जोगबुढा नदिमा फसेका ५ बालबालिकाको उद्धार गरेको छ ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ बडुवाल टोलका ५ बालबालिकाको जोगबुढा नदिको बिच टापुमा फसेको अवस्थामा उद्धार गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सीमा सुरक्षा बल देविस्थान गुल्मबाट शसस्त्र प्रहरी नायव उपरिक्षक भीम बहादुर चन्दको नेतृत्वमा गएको शसस्त्रको टोलीले बालबालिकाहरुको उद्धार गरेको बताए ।मंगलबार बाख्रा चराउन मायापुरी जंगलमा गएका बालबालिका एक्कासी जोगबुढा नदिको पानीको बह बढेपछि साझ घर फर्किने क्रममा नदिको बिच टापुका फसेका थिए ।सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेक्वा शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले बाख्रा चराउन जंगल गएका घर फर्किन क्रममा नदीको टापुको विच भागमा अडकिएका बालबालिकालाई उद्दार गरिएको बताए ।

सशस्त्र प्रहरीका एसपी रावलका अनुसार दोधराचाँदनी नगरपालिका ३ बडूवाल टोलका १२ बर्षिया खुसी राना, ९ बर्षिया भावना सुनार, सानु दमाई, ११ बर्षिया रोसनी सुनार, १० बर्षिया मुस्कान दमाईलाई उद्दार गरिएको छ । उनीहरु सीमावर्ती मायापुरी जंगलमा बाख्रा चलाउन गएका थिए । समयमै सशस्त्र प्रहरीले उनीहरुको उद्दार गरेपछि ज्यान जोगिएको बताएका छन । सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रणदेखि विपद् जोखिममा परेका बालबालिकालाई उद्दार गरेपछि स्थानीय हर्षित भएका छन । उनीहरुलाई अढाई घण्टामै उद्दार गरिएको थियो

 

ताजा समाचार

सम्बन्धित समाचार