महाकाली नदिमा डुबेर एक जना वेपत्ता

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा नदिमा डुबेर एक जना किशोर वेपत्ता भएका छन् ।जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलाका १७ वर्षीय क्रिस विक नदिमा डुबेर वेपत्ता भएका हुन ।

बिक भुजेलाघाटमा नदिमा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएको ईलाका प्रहरी कार्यालय गडडचौकिका ईन्चार्ज देव सिहं बुढालले बताएका छन् । वेपत्ता बिकको नेपाली सेना,नेपाल प्रहरी, र सशस्त्र प्रहरीको टोलीले खोजिकार्य गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार