Saturday, July 27, 2024

कञ्चनपुरका अवैध मेडिकलहरुमा प्रहरीको छापाः ६ जना मेडिकल संचालक पक्राउ

प्रकाशित:

ऐश्वर्या कुवँर । कञ्चनपुर प्रहरीले अवैध तरिकाले संञ्चालनका रहेका मेडिकलहरुमा छापा मारेको छ ।शुक्रबार भीमदत्त नगरपालि आसपासका क्षेत्रमा संचालनमा रहेका मेडिकलहरुमा प्रहरी छापा मारेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अवैधानिक तरिकाले लामो समय देखि मेडिकलहरु संचालन रहेको भन्ने गोप्फे सुचनाका आधारमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले आभाषकुञ्जलाई बताएका छन् ।छापा मार्ने क्रममा प्रहरीले छुट्टा छुट्टै स्थानबाट ६ जना मेडिकल संचालकहरुलाई पक्राउ गरेको छ ।प्रहरीले मेडिकलभित्र ठुलो परिमाणमा रहेका विभिन्न किसिमका औषधी नियन्त्रणमा लिएको बताएको छ ।

अवैधानिक तरिकाले मेडिकल संचालन गर्दै आईरहेका व्याक्तिहरुले मेडिकल संचालन ऐनको बाहिर रहेर मेडिकल संचालन गर्दै आईरहेका थिए ।सी एम ए र अनमी हरुले डाक्टर हु भन्दै मानिसको स्वास्थ्यमा असर पार्ने औषधी बेचविखन गरिरहेको र सामाजिक विकास मन्त्रालय तथा औषधी व्यावस्था विभाग नेपालगञ्जमा पनि अभिलेखिकरण तथा दर्ता नहुदा संचालकहरुलाई नियन्त्रणमा लिएको प्रमुख थापाको भनाई रहेको छ ।

प्रहरीले जिल्लामा रहेका फार्मेसी,तथा सामुयीक अस्पतालमा छापा मारेको हो ।प्रहरीले छापा मार्नेक्रममा फार्मेसी तथा औषधी पसलहरुले चिकित्सिको प्रस्कप्सनि बिना नै औषधि विक्रिवितरण गरेको मानव स्वास्थ्यमा प्रभाव पार्ने खालका औषधीहरु विक्रि गर्ने गरेको,प्रतिवन्धित औषधी संचय विक्रिवितरण गरेको,दर्ता नभएको औषधी विक्रिवितरण गरेको,लागु तथा मनोद्धिपक औषधी खुल्ला खुल्लमखुल्ला विक्रि वतरिण गर्ने गरेको, एक प्रणालीमा दर्ता गरी अर्को प्रणाली मा संचालन गरेको, चिकित्सकिीय अभ्यास गर्ने गरेको पाइएकाले यस्ता खालका कार्यहरुलाई अनुगमन तथा नियमन गर्ने जिल्ला प्रहरी कार्यालयले छापा मारेको प्रमुखको भनाई रहेको छ ।

पछिल्लो समय अरु जिल्ला भन्दा कञ्चनपुर जिल्लामा लागु औषधको द्रुव्यसनमा युवाहरु निकै सक्रिय देखिएको पाईन्छ ।औषधी पसलेहरुले डाक्टरले दिएको प्रस्कप्सनि अनुसार औषधी मुलो बेच्नुको साटो प्रस्कृिप्सिन अनुसार औषधीमुलो बेच्नुको साटो उक्त क्लनकि िलाइसेन्सको दुरुपयोग गर्दै युवा पुस्तालाई लागु औषध तथा दुव्र्यसनका डग्र्सहरुको व्यापार समेत गर्ने गरेको पाइएको छ ।

एसपी कमल थापाले कञ्चनपुरमा आत्महत्या गर्नेको सख्या दिनप्रतिदिन बढ्दै गईरहेकोले मन परी ढङ्गले बेचेका जथाभावि ओषधीहरु र उपचारको सैलिले पनि मष्तिस्कमा असर पार्ने देखिएको बताए। विना दर्ता गैर जिम्मेवार खालको औषधी व्यावसायीबाट साना ट्यापलेट,सीरिन्ज,बेच्ने प्रोतसाहन पाएको अवस्था देखिएको छ, प्रहरी सार्वजनिक हितको लागि पक्राउ गरेका मेडिकल संचालकहरुलाई औषधी ऐन,र फोजदारी समिता ऐनको परिक्षेद १९ मा  टेकेर कारवाहिको दायरा अघि बढाउने एसपी थापाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार