Saturday, July 27, 2024

कञ्चनपुरमा वडा सचिव सहित २ जना लागुऔषधमा पक्राउ

प्रकाशित:

किशोर तामाङ ।
पुनर्वास । कञ्चनपुरको पुनर्वासमा प्रतिबन्धित लागुऔषध खैरो हिरोइन सहित एक जना बहालवाला वडा सचिव सहित २ जना पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नं। ०४ “घ” गाँउ बस्ने बर्ष २७ को असिम थापा र पुनर्वास नगरपालिका वडा नं. ०५ मदनटोल बस्ने बर्ष २८ को कृष्ण प्रसाद बडुलाई लागु औषध (खैरो हेरोईन) सहित पक्राउ परेको प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए।

त्रिभुवनबस्तीबाट करीब ३ कि.मी. पश्चिममा लागु औषध (खैरो हिरोइन) सहित पक्राउ परेका बडु पुनर्वास नगरपालिका वडा नं १० मा कार्यरत सहायक वडा सचिव हुन।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार अस्थायी प्रहरी पोष्ट आई बी आर डी बाट खटि गएको प्र।स।नि। मुकेश सिंहको कमाण्डमा प्रहरी हवल्दार गौर सिंह ठकुन्न, प्रहरी सहायक हवल्दार अब्राहम तामाङ, मिटठु बहादुर कुँवर र प्रहरी जवान दिपेन्द्र सिंह , रमेश सुनार को टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कञ्चनपुर पुनर्वास- ०६ ङ गाँउ स्थित भिम सिंह साउदको निर्माणाधिन घरको सिडी मुनी बसी लागु औषध (खैरो हेरोईन) सेवन गरी राखेको अवस्थामा फेला परेको बताए ।

प्रहरी निरीक्षक मल्लका अनुसार पक्राउ परेका दुबै जनाको शरिरको खान तलासी लिदा असिम थापाले भुईमा फालेको अवस्थामा शुद्धा तौल ५४० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो पदार्थ फेला परेको हुदा निज दुबै जनालाई यस कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको बताए।

यसैगरी एक साता अघि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले २ जना भारतीय नागरिक र एक जना १७ बर्षीय बालकलाई खैरो हिरोइन सहित पक्राउ गरी उनीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार