Saturday, July 27, 2024

भारतीय सर्वेक्षण टोलीले नेपाली भूमि गड्डाचौकीमा पुनः सर्वे गर्यो

प्रकाशित:

महेन्द्रनगर । यहि असार १ गते अनुमति विना नेपाली सीमा नाका गड्डाचौकीमा नाप जाँच गर्ने भारतीय सर्वेक्षण टोलीले पुनः नेपाली भूमि गड्डाचौकीमै नापजाँच सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त भारतीय टोलीलाई मंगलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्वेका लागि अनुमति दिएको हो । तत् पश्चात भारतीय पक्षले सर्वे सम्पन्न गरेको हो । असार १ गते नेपाल सरकारको अनुमति विना कञ्चनपुर जिल्लाको पश्चिमी सीमा गड्डाचौकी देखि भुजेला पुल सम्म सर्वे तथा नापजाँच गरिरहेका ४ जना भारतीय नागरिकलाई सीमा नाका गड्डाचौकीका प्रहरी र पत्रकारले नियन्त्रणमा लिई जिप्रका बुझाएका थिए ।

मंगलबार सर्वे तथा नाप जाँच सम्मपन्न गरेको भारतको उत्तराखन्डको (एन एच-जिरो नाईन) र कञ्चनपुर जिल्लाको महाकाली नदिमा बनेको चारलेन पुलबिच जोड्ने करिब ४ किलोमिटर लामो सडक परियोजना भारतीय भुमिमा निर्माणकार्य रिद्धि सिद्धि बिल्डवेल लिमिटेड कम्पनिले गर्ने भएकोले जिटिएस फ्लाई कन्सल्यान्ट सर्वेक्षणका लागि उक्त कम्पनीका कर्मचारीहरु पश्चिमी सीमा गडा्चौकी आई सर्वेक्षण गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले बताए ।

जिटिएस फ्लाई सर्वेक्षण कार्य का लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक सुरक्षा व्यावस्था मिलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सीमा सुरक्षाबल संग समन्वय गरि भारतीय सर्वे टिमले सर्वे समपन्न गरेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार