Saturday, July 27, 2024

महेन्द्रनगरबाट लागु औषध सहित ४ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध सहित चार जना पक्राउ परेका छन् । शुक्रवार तीन जना र आइतबार एक जना गरेर चार जना पक्राउ परेको प्रहरीले जनाएको छ । लागु औषध नियन्त्रण शाखा कार्यालय महेन्द्रनगरले आइतबार ६ सय ६५ मिलिग्राम लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको बेदकोट–७ का २३ वर्षिय किरण जोशीलाई ६ सय ६५ मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको लागु औषध नियन्त्रण शाखा महेन्द्रनगरका प्रहरी हवल्दार पदम सिंह बिष्टले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र उक्त लागु औषध नियन्त्रण शाखालाई प्राप्त गोप्य सुचनाको आधारमा आइतबार महेन्द्रनगरको बसपार्कबाट प्रहरीको सयुक्त टोलीले जोशीलाई खैरो हिरोइन सहित पक्राउ गरेको हो ।

संकास्पद रुपमा बसि रहेको अवस्थामा जोशीलार्ई रितपर्बक खानतलासी गर्दा औषध खैरो हिरोइन फेलापरेको लागु औषध नियन्त्रण शाखा महेन्द्रनगरका प्रहरी हवल्दार बिष्टले बताए ।.पक्राउ परेका जोशीलाई थप अनुसन्धानको लागि जिप्रका कंञ्चनपुरमा बुझाईएको छ ।

त्यस्तै शुक्रवार उक्त लागु औषध नियन्त्रण शाखा महेन्द्रनगरले भीनपा–७ का ३० वर्षिय नरेश चन्द, २६ वर्षिय विकास चन्द र भीनपा–३ बस्ने २६ वर्षिय देव सिंह ठगुन्नाको साथबाट लागु औषध खैरो हिरोइन ७ ग्राम ७३० मिलिग्राम र चरेश ८.७० ग्राम बरामद गरि पक्राउ गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार