Saturday, July 27, 2024

सुप विश्वविद्यालयका प्राध्यापक पक्राउ

प्रकाशित:

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका एक प्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले सुप विश्वविद्यालयका प्राध्यापक डा। भुपेन्द्र सिह विष्टलाई पक्राउ गरेको हो । सोमबार दिउँसोतिर प्रहरीले विश्वविद्यालयका प्राध्यापक विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका निर्वतमान प्रिन्सिपल समेत रहेका प्राध्यापक विष्टलाई प्रहरीले पक्राउ गरेपनि केही विषयमा सोधपुछका लागि ल्याएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास बहादुर डाँगीले केही विषयमा सोधपुछका लागि प्राध्यापकलाई बोलाएको तर, पक्राउ नगरेको बताए ।

प्राध्यापक विष्टले समाजिक सञ्जाल फेसबुक मार्फत प्रहरी बिरुद्ध प्रहरी नै चोर भनेर धाराणा लेखेका थिए । धारणा राखेको र लेखेकै भरमा प्रहरीले प्राध्यापक विष्टलाई पक्राउ गर्न नहुने तर्फ गरिएको छ । केहीले नागरिक अभिव्यक्ति र केहीसुप विश्वविद्यालयका प्राध्यापक पक्राउले प्राध्यापक जस्तो मार्यादित पेशामा रहेका व्यक्तिले प्रहरी मार्यादामाथि आँच आउनेगरी लेख्न नहुने धारणा व्यक्त गरिरहेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार