Saturday, July 27, 2024

महेन्द्रनगरको अदालत परिसरमै स्कुटीको डिग्गीभरि लागुऔषध,एक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको अदालत परिसरबाटै लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउँसो भीमदत्त नगरपालिका–१८ गोबरैयाका सुरेन्द्र भण्डारीलाई पक्राउ गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको क्षेत्रीय अनुसनधान टोली ९आरआइटी० र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अदालत परिसर क्षेत्रबाट भण्डारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीका अनुसार शङ्काको आधारमा भण्डारीसँग रहेको म२प ६८४७ नम्बरको स्कुटीलाई खानतलास गर्दा डिग्गीभित्र लुकाईछिपाई राखेको लागुऔषध फेनरगनको १७ एम्पुल, रेक्सोजेसिक १७ थान र डाइजेपाम तीन एम्पुल भेटिएको हो ।

बरामद गरिएको लागुऔषध र स्कुटीसहित भण्डारीलाई आजै अदालतबाट म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार