Saturday, July 27, 2024

कञ्चनपुरका सिडीओ अर्यालको सरुवा,को आउँदैछन् नयाँ सिडीओ

प्रकाशित:

महेन्द्रनगर। गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ हरूको सरुवा गरेको छ ।अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो ।गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ ।त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्यस्तै कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको गृहमन्त्रालय श्रोतले बतायो ।मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ ।

सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खतिवडा लाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो ।त्यस्तै डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । त्यस्तै खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।त्यस्तै रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै मन्त्रालयले रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ ।जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ ।त्यस्तै काभ्रेका सहायक सीडीओ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई पनि काठमाडौंबाहिर सरुवा गरिएको छ ।उनीहरूको अवधि पुगेको र सुगममा बसेकाहरूलाई काठमाडौं बाहिर पठाइएको गृहमन्त्रालयले जनाएको छ

ताजा समाचार

सम्बन्धित समाचार