Saturday, July 27, 2024

एसएसपी पालको ‘गुड फ्राइडे’ प्रकरणः हेडक्वार्टरमै डेरा, कहाँ पुग्यो छानविन ?

प्रकाशित:

महेन्द्रनगर । नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि छानबिन जारी छ। महिला सहायक हवल्दारलाई कार्यस्थलमै यौनजन्य हिंसा गरेको आरोप लागेका पालमाथि प्रहरी प्रधान कार्यालयले छानविन गरिरहेको जनाएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका हाकिमसमेत रहेका पालले आफ्नै प्रहरी कार्यालयमा कार्यरत बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको आरोप छ।

उक्त घटनापछि घटनाबारे ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन्। त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको थियो।

लगत्तै प्रदेश प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो। चौधरी नेतृत्वको समितिले हिजो मात्रै आन्तरिक छानबिन सकाएर प्रतिवेदन हेडक्वाटरलाई बुझाएको छ। एसपी चौधरीले प्रतिवेदन बुझाइएको बताउँदै थप कारबाही अथवा छानबिन हेडक्वाटरले नै गर्ने थाहाखबरलाई बताए। उनले आफू नेतृत्वको छानबिन समितिले निकालेको निष्कर्ष भने खुलाएनन्।

यस्तै प्रहरीका केन्द्रिय प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक ९डिआइजी० कुबेर कडायतले पनि छानबिनको प्रतिवेदन आइपुगेको पुष्टि गरे। उनले थप छानबिन गरेर हेडक्वाटरले विभागिय कारबाही गर्ने अथवा नगर्नेबारे निर्णय लिइने बताए। पाल अहिले प्रहरी हेडक्वाटरमै डेरा हालेर बसेका छन्।

‘छानबिन गर्ने कुरा भैरहेको छ। त्यो सकिएपछि आइजीसापलाई जाहेर गर्ने कुरा हुन्छ। १र२ दिनभित्र यो विषय टुंगो लाग्छ। प्रदेशको प्रतिवेदन आइपुग्या छ’, प्रवक्ता कडायतले भने। स्रोतका अनुसार ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो।

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वाटरमा पुगेकी थिइन्। त्यसपछि क्वाटरमा एसएसपीले महिला हवल्दारलाई ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं’ भनेर दुर्व्यवहार गरेका थिए।

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको हो। (थाहाँखबरडटकम)

ताजा समाचार

सम्बन्धित समाचार