Saturday, July 27, 2024

चिसापानीमा मारिएका महेश नेपालीको कहाँ पुग्यो अनुसन्धान –के गर्दैछ कैलाली प्रहरी

प्रकाशित:

ऐश्वर्या कुवँर ।महेन्द्रनगर । जेठ १६ गते छोरालाई भेट्न दाङ हिडेका कञ्चनपुरका महेस नेपाली (पेन्टर) लाई प्रहरीले नै कुटपिट गरी हत्या गरेको पिडित परिवारले दावी गर्दै आएको छ । १६ जेठमा दाङको कारागारमा छोरा भेट्न हिडेका नेपाली १८ गते कैलालीको सुखडमा रहेको सहारा घरमा मृत भेटिएका थिए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कैलालीको चिसापानीमा केहि लुटेराहरुको समुहले पैसा र साथमा रहेको मोबाईल लुट्न खोज्दा लुटेरा समुह संग सामान्य विवाद भएको पारिवारिक स्रोतको भनाई छ । झडपमा नेपालीलाई सामान्य चोटपटक पछि ईलाका प्रहरी कार्यालय चिसापानीका ईन्चार्ज प्रहरी नायव निरिक्षक (सई) नेत्र कठायतको टोलीलाई जिम्मा लगाईएको मृतक नेपालीका आफन्तले बताए ।

लुटेराहरुको धरपकटमा सामान्य घाईते भएका नेपालीलाई चिसापानी प्रहरीको जिम्मा लगाउँदा प्रहरीले मृतक नेपालीको स्वास्थ्य परिक्षण गराउनुको सट्टा मानशिक सन्तुलन गुमाएको भन्दै सहारा घरमा राखिएको थियो ।सामान्य घाईते अवस्थामा प्रहरीको जिम्मा लगाईएका नेपालीको मृत्यु पछि शरिरभरी निल डाम रहेको नेपालीको परिवारले खिचेका तस्विर तथा भिडियो क्लिपहरुबाट प्रष्ट देखिन्छ । एउटा आखा फुटेको र एउटा हात भाचिएको अवस्थामा टिकापुर अस्पतालबाट मृतक नेपालीको शब आफुहरुलाई जिम्मा लगाएको परिवार स्रोतको दाबि छ ।

नेपालीको मृत्यु पछि के भयो ?

१६ गतेदेखी सम्पर्क विहिन रहेकाले मृतक नेपालीको खोजि कार्य गरिदिनहुन उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ठाडो निवेदन दिईन । निवेदन दिन प्रहरीकँहा पुगेकी मृतक नेपालीकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालयका प्रहरीले एक जना नेपाली थर गरेको मानिस पक्राउ गरेको हुँदा त्यहा सम्पर्क गर्नका लागि आग्रह गरे । ‘चिसापानी प्रहरीले एक जना नेपाली थर गरेको मानिस पक्राउ गरेको छ । तपाई यो फोन नम्बर लगेर कैलाली जानुहोस ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीले मृतक नेपालीकी श्रीमतीलाई भने ।

‘हामीले सुखड प्रहरीलाई फोन गर्यौ र प्रहरीले सुखड बोलायो’ उनले भनिन्, ‘परिवार सहित सुखड पुगेर मेरो मान्छे खै भन्दा प्रहरीले तपाईको मान्छे टिकापुर अस्पतालको लासघरमा छ ।’लासघरमा भएको शव छिटो लैजान भन्दै कैलाली प्रहरीले आफुलाई खबर गरेको मृतक नेपालीकी श्रीमतीले भनिन्, ‘छिटो लग्नुहोस ४ दिन भईसक्यो नत्र शव गन्हाउछ ।’ मृतक नेपालीकी श्रीमतिले रुदै भनिन्, ‘म प्रहरीको त्यो जबाफले ठाउको ठाउँ ठले अचेत अवस्थामा थिए ।

’ ‘मेरो आफन्त र छोरी मिलेर लास घरमा जादा त, म प्रहरी हु भन्ने एक जना व्याक्तिले हजार रुपैया माग्दै छिटो शव लग्न कर गरे ।’ उनले भनिन्, ‘आफन्तले शव बुझदै शव परिक्षणको रिपोर्ट माग्दा सानो कागजको टुक्रादिदै प्रहरी हु भन्नेले हातमा बुझाए ।’नेपालीको मृत्यृको कारण बारे उनले प्रहरीलाई सोधपुछ गर्दा डाक्टरले मुटुमा रगत जमेको रहेछ भनेर उनले जवापल पाइन्, ‘डाक्टरले भनेको मुटुमा रगत जमेको कारण मुत्यु भएको हो ।’ परिवारले शव बुझेर घर आउदा शव हेर्ने नसक्ने अवस्थामा रहेको मृतक नेपालीकी श्रीमतीले बताइन् ।

घटना बारे के भन्छ प्रहरी ?

घटना बारे मृतक नेपालीका छोरा मुकेशले किटानी जाहेरीको आधारमा दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्धा चलाएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक शंकर खड्काले बताए । प्रहरीले गत साता सोमबार कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय सन्तोष कडेल र सोही ठाउँका ५८ वर्षी राम बहादुर खड्कालाई पक्राउ गरको थीयो ।पक्राउ परेका दुबै जनाले महेशमाथी कुटपिट गरेको बयान सरकारी वकिल कार्यालयले प्रमाणित गरिसकेको प्रनि खड्काले बताए ।

पक्राउ परेका खड्काले नेपालीसंग आपसी विवाद हुदा चिर्पटले मृतक नेपालीको टाउकोमा हिर्काएको बयान दिएका छन् भने २४ वर्षीय कंडेलले आफुले मुक्का प्रहार गरेको बयान दिएको प्रहरी निरिक्षक खड्काले बताए ।मृतक महेश नेपालीको पुर्खोउली घर अछाम हो । विगत ७ वर्ष देखी नेपालीको परिवार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा सुकुम्बासीको रुपमा सुदूर पश्चिम विश्वविद्यालय नजिक रहेको खोलाको किनारमा बसोवास गर्दै आइरहेका छन् ।

मृतक नेपालीकीको परिवारमा जेठो छोरा दाङ कारागारमा र घरमा कमाउने अभिवावक समेत गुमाउँदा दैनिक छाक टार्ने समेत हम्मे हम्मे भएको छ । मृतक महेशकी श्रीमतीले आफ्नो श्रीमानको हत्यामा संलग्न प्रहरीलाई समेत अनुसन्धानको दायरामा ल्याई कारवाही गर्नु पर्ने माग गर्दै आएकी छिन् ।

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार