Friday, March 29, 2024

कञ्चनपुरमा पनि १ लाख १४ हजार ६ सय २३ जना बालबालिकाहरुलाई दादुरा रुवेलाको खोप लगाईने

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । सरकारले दादुरा रुबेला रोगको जोखिममा रहेका ६ वटा जिल्लामा दादुरा रुवेला खोप अभियान संचालन गर्ने भएको छ । ६ महिना देखि १५ वर्षे सम्मका बालबालिकालाई दादुरा रुवेला खोप दिने भएको हो ।

देशमा विभिन्न जिल्लाहरुमा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जोखिममा रहेका ९ वटा जिल्लामा खोप दिन लागेको हो ।सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा खोप अभियान सञ्चालन गरिनेछ ।

परिवार कल्याण महाशाखा खोप शाखाले सूचना जारी गर्दै नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।त्यस्तै स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि जिल्लामा रहेका १ लाख १४ हजार ६ सय २३ जना बालबालिकाहरुलाई दादुरा रुवेलाको खोप लगाईने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुधबार संचारकर्मी तथा पत्रकार र सरोकारपवाल निकायहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा ६ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई जेष्ठ २५ गते देखि ३२ गते सम्म स्वास्थ्य संस्था, विद्यालय,लगाएतका क्षेत्रमा दादुरा रुवेला खोप लगाईने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दया कृष्ण पन्तले बताएका छन् ।प्रमुख पन्तले यो खोप पुर्ण रुपमा प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको हुदा आप्ना समपुर्ण बालबालिकालाई पाईपर्ने खोपकेन्द्रमा लगेर खोप लगाईदिन प्रमुख पन्तले हाग्रह समेत गरेका छन् ।

१ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ । पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि यस अभियानमा अनिवार्य एक मात्रा खोप लगाउन र अकालमै मृत्यु हुनबाट जोगिन पन्तले आग्रह गरेका छन् ।सरकारले लिएको रणनिति अनुसार सन २०२६ सम्ममा दादुरा रुवेला रोगलाई निवारण गर्ने लक्षका साथ अभियान संचालनमा आएको हो ।यो रोग सबै उमेर समुहकालाई लाग्न सक्ने भएपनि बालबालिकालाई बढि असर गर्ने र बालबालिका यो रोगकोे चपेटामा पर्ने भएकोले यो खोप लगाउन अनिवार्य भएको महाकालि अस्पतालका प्रमुख मेसु डाक्टर अर्जुन भट्टले बताएकाका छन्।

हाल कञ्चनपुरमा ३३ जनामा यो रोग देखा परेको मेसु भट्टले बताए । कञचनपुर जिल्लामा ५ सय ७२ खोपकेन्द्रबाट खोप दिईने भएको छ । साथै खोप सेवा दिनको लागि ३ सय ५३ जना स्वास्थयकर्मी परिचालन गरिने भएका छन् ।
अहिले कञ्चनपुर जिल्लामा १२ हजार ३५ भाईल खोप आएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुदुरपश्चिमका ३ वटा जिल्ला कैलाली,कञ्चनपुर,र बाजुरामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलिन सक्ने जिल्लामा खोप दिन लागेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार