Saturday, July 27, 2024

पुनर्वासमा फोहोर मैला व्यवस्थापन सम्बन्धी बिदधालय स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन

प्रकाशित:

किशोर तामाङ्ग महेन्द्रनगर । पुनर्वास नगरपालिकाले संयुक्त राष्ट्र सङ्घको मूल नारालाई स्थानीयकरण गर्दै वातावरण दिवसको अवसर पारेर नगरपालिकाकमा निकट भविष्यमा प्लाष्टिक झोला मुक्त नगरपालिकाको परिकल्पना सहित फोहोर मैला व्यवस्थापन सम्बन्धी बिदधालय स्तरिय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगरपालिकामा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ शिक्षाक बिधार्थीहरू बिच अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरिएको हो।वातावरण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्न आग्रह गरेको थियो। विभागले आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्य रुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आम सर्वसाधारणमा अनुरोध गरेको थियो।

पुनर्वास नगरपालिकाले बिदधालय स्तरीय अभिमुखिकरण कार्यक्रम वडा नं १ स्थित राम बुद्ध मा बिमा आज कक्षा ८,९र १० मा अध्यनरत बिधार्थी छात्र छात्राहरुमाझ एक कार्यक्रमका बीच प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ शिक्षाक बिधार्थीहरू बिच अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरिएको थियो।

पुनर्वास नगरपालिका वडा नम्बर १का वडाध्यक्ष मोहनलाल राना ज्यूको सभापतित्व र राम बुद्ध मा बि का प्रधानाध्यापक कृष्ण कुवंरको प्रमुख आतिथ्यमा उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमलाई पुनर्वास नगरपालिकाका बताबरण तथा पर्यावरण एवं बिपद ब्यवस्थापन समितिका फोकल पर्सन ओमनाथ ढकालले सहजिकरण गरेका थिए।

प्लाष्टिकजन्य पदार्थको नियन्त्रण हुन नसक्दा समग्र नगरको सौदर्य बिगार्ने, दुर्गन्ध बढाउने नकुहिने प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणलाई प्रदुषित बनाईरहेको सन्दर्भमा नगरपालिकाकले प्लास्टिक झोलाको प्रयोग निर्मुल पार्न चालिएको कदम निकैनै सर्हनिय रहेको राम बुद्ध मा बि का प्रधानाध्यापक कुँवरले जिकिर गर्नुभयो। यसैगरी कार्यक्रममा वाताबरणमैत्री समाज निर्माणका लागि आ आफ्नैस्तरबाट सबैजना लाग्नुपर्नेमा जोड दिंदै प्लाष्टिक विकल्पको जरुरी रहेको कुरामा वडाध्यक्ष मोहनलाल रानाले जोड दिइएको थियो।

फोहोर मैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पुनर्वास नगरपालिका अन्तर्गतका माबि तथा आधारभूत समुदायिक तथा सस्थागत विद्यालयहरूमा क्रमस सञ्चालन सञ्चालन गर्दै जाने पुनर्वास नगरपालिकाका फोकल पर्सन ओमनाथ ढकालले बताउनुभयो।

ताजा समाचार

सम्बन्धित समाचार