
महेन्द्रनगर । कैलाली जिल्लाको गोदावरी नगरपालिका-२ मा पर्ने लामीताल पर्यटकीय ताल हो ।
अत्तरियाबाट पुर्व तर्फ राजमार्गबाट करिब २ सय मिटर भित्र र अत्तरिया बसपार्कबाट पनि करिब २ सय मिटर भित्रको दुरीमा रहेको लामीताल गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रदेखि सबैभन्दा नजिकको पर्यटकीय स्थल हो ।
लामीतालमा आन्तरिक एवम् वाह्य धेरै पर्यटक आएर स्वच्छ तथा सुन्दर लामीतालको भ्रमण गर्ने गरेको साइकलयात्री भरत बिक्रम शाहले बताए ।
अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघले विगत ६/७ वर्षदेखि लामीताल परिसरमै महोत्सवको आयोजना गर्दा लामीतालको प्रचार प्रसार झन बढेको समेत उनले भने ।
तर, अहिले लामीताल पर्यटकीय क्षेत्रका रुपमा नभई विभिन्न विकृतिहरू फस्टाउने ठाउँका रुपमा चिनिन थालेको छ । अहिले लामीतालमा दिनहुँ जसो मादक पदार्थ सेवन गर्ने युवायुवतीहरूले डेरा जमाएका साइकलयात्री शाहले बताए ।
अत्तरिया बजारबाट सबैभन्दा नजिक भएर पनि उचित रेखदेख र व्यवस्थापन हुन नसक्दा लामीतालको मौलिकता हराउदै गएको समेत उनले बताए ।
उनले भने ‘ अत्तरिया बजारबाट सबैभन्दा नजिक भएर पनि उचित रेखदेख र व्यवस्थापन हुन नसक्दा लामीतालको मौलिकता हराउँदै गएको र लामीतालको व्यवस्थापन र संरक्षण गर्न सबैले एकजुट हुनुपर्छ ।’
